काठमाडौं – अष्ट्रेलियाले पाँचौ पटक महिला टी२० विश्वकपको उपाधि जितेको छ । घरेलु मैदानमा भएको सातौं संस्करणको विश्वकपमा भारतलाई फाइनलमा ८५ रनको फराकिलो अन्तरले पराजित गर्दै अष्ट्रेलियाले टी २० विश्वकप २०२० को उपाधि जितेको हो ।
महिल टी २० विश्वकपको सर्वाधिक सफल टोली अष्ट्रेलियाले यसअघि २०१०, २०१२, २०१४ र २०१८ मा उपाधि जितेको थियो । २००९ को पहिलो संस्करण इंग्ल्याण्डले जितेको थियो भने २०१६ मा वेष्ट इन्डिज च्याम्पियन बनेको थियो ।
समूह चरणमा अष्ट्रेलिया भारतसंग पराजित भएको थियो । फाइनलमा अष्ट्रेलियाले त्यसको बदला मात्र लिएन खेल नै एकपक्षिय जस्तै बनेको थियो । ओपनरद्वय एलिसा हेली र बेथ मुनीको अर्धशतकमा अष्ट्रेलियाले भारतलाई १८५ रनको उच्च लक्ष्य दिएको थियो । बलिङमा पनि मेगन स्कट र जेस जोनासनले उत्कृष्ट बलिङ गर्दै ७ विकेट बाँडेपछि अष्ट्रेलियाले भारतलाई ९९ रनमै अलआउट गर्यो ।
मेलवर्न क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले उत्कृष्ट ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट मात्र गुमाएर १८४ रन बनाएको थियो । ओपनरद्वय हेली र मुनीले पहिलो विकेटका लागि ११५ रनको साझेदारी गरेका थिए । हेलीले ३९ बलमा ७ चौका र ५ छक्का मद्दतमा ७५ रन बनाए । यस्तै मुनीले अविजित ७८ रन जोडे । उले ५४ बल खेल्दै १० चौका प्रहार गरे । कप्तान मेग लानिङले १६ रन जोडिन् । भारतकी दिप्ती शर्माले २ विकेट लिइन् ।
उच्च लक्ष्य पछ्याएको भारत अष्ट्रेलियाको बलिङसामु टिक्न नसक्दा ५ बल अगावै ९९ रनमा अलआउट भयो । ३० रन हा शुरुवाती ४ विकेट गुमाएको भारतका लागि दिप्ती शर्माले नै सर्वाधिक ३३ रन बनाइन् । चौथो विकेटका लागि दिप्ती र भेदा कृष्णमुर्तिले २८ रनको साझेदारी गर्नु नै भारतको ठूलो साझेदारी बन्यो । भेदा कृष्णमुर्तिले १९, ऋचा घोषले १८ र स्मृति मन्डानाले ११ रन जोडिन् । बाँकी खेलाडीले दोहोरो जोडन सकेनन् ।
समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेकी भारतकी १६ वर्षीया सफाल वर्मा फाइनलमा २ रनमै आउट भइन् ।
भारतलाई अलआउट गर्न अष्ट्रेलियाका मेगन स्कटले ३.१ ओभरमा १८ रन मात्र खर्चेर ४ विकेट लिइन् । यस्तै जोनासेनल ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिइन् । अष्ट्रेलियाका हेली खेलको प्लेअर अफ दि म्याच घोषित भइन् । अष्ट्रेलियाकै बेथ मुनी प्लेअर अफ दि सिरिज घोषित भइन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस