पोखरा-आहा रारा गोल्डकपको उपाधिका मनाङ मस्र्याङदी क्लवले जितेको छ । छैटौ पटक आहा राराको उपाधि जित्ने क्रममा मनाङले नेपाल पुलिस क्लवलाई टाइब्रेकरमा हरायो ।
पोखरा रंगशालामा भएको खेलमा मनाङले पुलिसलाई टाइब्रेकरमा चार तीनले हरायो । खेलको पहिलो हाफमा दुबै टिमले पाएका मौकालाई सदुपयोग गर्न सकेनन् ।
खेलको ११ औं मिनेटमा पुलिसका तेज तामाङको प्रहारलाई मनाङका गोलकिपरले उत्कृष्ट बचाउ गरे । १९ औं मिनेटमा मनाङका कप्तान कमल श्रेष्ठको फिकिकमा विमल रानाको हेडरलाई अजित भण्डारीले बचाए ।
३५ औं मिनेटमा पुलिस निरकुमार राईले डिबक्स भित्रबाट गरेको प्रहार फ्रेममा रहन सकेन । ३७ औं मिनेटमा पुलिसका तेज तामाङको पासमा बुद्ध बल चुक्न पुगे ।
खेलको ४३ औं मिनेटमा विमल रानाको एक्रोब्याटिङ सटलाई पुलिसका अजित भण्डारीले गोल लाइनबाट बचाए ।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफको सुरुवातमा नै पुलिसले राम्रो मौकालाई सदुपयोग गर्न सकेनन् । ४८ औं मिनेटमा निरकुमार राईको प्रहारलाई मनाङका गोलकिपरले बचाए ।
५८ औं मिनेटमा बुद्ध बलले मनाङका एक जना डिफेन्डरलाई विट गरेपनि बललाई राम्रोसँग प्रहार गर्न सकेनन् । ५९ औं मिनेटमा मनाङका अञ्जन विष्टले पाएको मौकामा चुक्न पुग्दा मनाङका दर्शक चुकचुकाउन पुगे ।
६८ औं मिनेटमा भिडाल लुइसको पासमा विमल रानाले डिबक्स भित्रबाट गरेको प्रहार पोष्टको नजिकैबाट बाहिरीयो । ७४ औं मिनेटमा पुलिसका भरत शाहको प्रहार पनि फ्रेममा रहन सकने । उनले फस्र्टबार च्यापेर गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरीयो ।
७७ औं मिनेटमा पुलिसका हेम तामाङको फ्रिकिकपनि पोष्टको निकै नजिकबाट बाहिरीदा उसका समर्थक चुकचुकाउन पुगे । खेलको ८९ औ मिनेटमा अञ्जन विष्टको प्रहारलाई पुलिसका गोलकिपरले मुस्किलले बचाए ।
निर्धारीत ९० मिनेटमा दुबै टिमबाट गोल नभएपछि खेल अतिरीक्त समयमा धकेलिएको थियो । जसमा दुबै टिमबाट त्यस्तो डरलाग्दो मुभ बन्न सकेन ।
त्यसपछि खेलको छिनोफानो टाइब्रेकरमा भयो । जसमा मनाङका अञ्जन विष्ट, पुजन उपरकोटी, सुरज विके, रञ्जन विष्टले गोल गरे भने निशान लिम्बुको प्रहारलाई पुलिसका गोलकिपर रोशन खड्काले बचाए ।
पुलिसका लागि भोला सिलवाल, हेम तामाङ, बुद्ध बल, गोल गरे भने तेज तामाङ र अजित भण्डारीको प्रहारलाई मनाङका गोलकिपर अशोक बरालले बचाए । उपाधिसँगै मनाङले १० लाख एक हजार रुपैयाँ प्राप्त गरे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस