क्रिकेट खेल विश्वमा निकै चर्चित खेलहरु मध्ये एक हो । आजकल हामी मध्ये धेरैको रोजाइमा परेको क्रिकेट खेलका प्राय नियमहरु हामी सजिलै थाहा पाउदछौँ । त्यसो भए एक बलमा कति रन लिन सकिएला ? एक, दुई, तीन, चार अथवा छक्का लागेमा ६ रन । त्यो भन्दा बढी सायदै कसैले कल्पना गरेको होला । तर खेलमा जे पनि हुन सक्छ भन्ने तथ्यलाई यो समाचारले पुष्टि गर्दछ ।
यो रेकर्ड बेलायतको हो । बेलायतको एक अखबारका अनुसार सन् १८९३/९४ मा बेलायतकी तत्कालीन महारानी भिक्टोरियाले छिमेकी टिम स्क्याच ११ लाई क्रिकेट खेल्न निम्तो दिएकी थिइन् । महारानी भिक्टोरियाको टिमका एक ब्याट्सम्यानले एक शट हानेर बललाई रुखमा पुर्याइदिए र बल त्यहीँ अड्कियो ।
रुखको हाँगामा अड्किएको बल झिक्न निक्कै मुस्किल पर्यो । बल नआउँदा सम्म खेलाडीहरुले दौडेर २८६ रन बनाइसकेका थिए ।
बल रुखमा अड्केपछि विपक्षी टिमले रनिङ रोक्न अपिल गरे तर अम्पायरले यो अपिल अस्वीकार गरिदिए । बल झिक्न असम्भव भएपछि बललाई राइफलले गोली हानेर त्यही ध्वस्त पारियो । यतिबेलासम्म भिक्टोरियाको टिमका खेलाडीले २८६ रन बनाइ सकेका थिए । जुन अहिलेसम्म क्रिकेट इतिहासमै १ बलमा बनेको सबैभन्दा ठूलो स्कोर मानिएको बेलायती पत्रिकाको दावी छ ।
यो खेलमा २ खेलाडीले विकेटको विचमा कम्तिमा ६००० मिटर दौडेका थिए । यो म्याच सम्बन्धि रिपोर्ट लण्डनको ‘पाल माल गजेट’ नामक पत्रिकाले १५ जनवरी १९८४ मा प्रकाशित गरेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस