काठमाडौं – एशियामा विश्वकप र एशिया कपको छनोट प्रतियोगिताको दोस्रो चरणको खेलहरुको पुर्नतालिका हुने भएको छ । नेपालले विश्वकप र एशिया कप फुटबलको छनोट खेलका लागि प्रशिक्षणको तयारी गरिरहँदा एएफसी र फिफाले यस प्रकारको निचोडमा पुगेको हो । अखिल नेपाल फुटबल संघले गत् आइतबार मात्रै प्रशिक्षणमा सहभागी हुने खेलाडीहरुको कोभिड–१९ परीक्षणका लागि स्वाब सङ्कलन गरेको थियो ।
एशियाली फुटबल संघका अनुसार आगामी अक्टोबर र नोभेम्बर महिनाका लागि निर्धारित खेलहरु तात्कालका लागि स्थगित गरिएको छ । दोस्रो चरणको सबै खेल नेपालले आयोजना गर्ने तालिका रहेको छ । दोस्रो चरणको खेलहरु सन् २०२१ मा पुर्नतालिका गरिने एएफसीले जनाएको छ ।
छनोट खेलमा सहभागी हुने अधिकांश एशियाली राष्ट्रहरु कोभिड–१९ को सङ्क्रमणको जटिल अवस्थामा रहेको छ । कतिपय राष्ट्रले अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध लगाउनुका साथै यात्रा गर्नैपर्ने भए कठोर उपायहरुको पालना गर्नुपर्ने प्राबधान लागू गरेको छ ।
फिफा विश्वकप फुटबल प्रतियोगिता सन् २०२२ मा कतारमा आयोजना हुनेछ । एशिया कप फुटबल सन् २०२३ मा आयोजना हुनेछ ।
“प्रतियोगितामा खेल्ने राष्ट्रका सहभागीहरुलाई स्वास्थ्यको पूर्ण सुरक्षालाई ध्यानमा राख्दै फिफा र एएफसीले नजिकबाट नियाल्दै छनोट खेलको तिथि सार्वजनिक गर्नेछ ।”–एएफसीले पठाएको वक्तब्यमा उल्लेख गरिएको छ ।
नेपालले विश्वकप र एशिया कप छनोट खेलको लागि चाइनिज ताइपेइसँगै असोज २२ गते, अष्ट्रेलिया विरुद्ध असोज २७ मा र जोर्डनसँग कात्तिक २७ गते खेल्ने तय भएको थियो। । तीनवटै खेलको आयोजना नेपालले नै गर्ने तय गरिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस