काठमाडौं – भारतीय क्रिकेटका सबैभन्दा सफल कप्तान महिन्दर सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)को तीनवटै ट्रफी(एकदिवसीय विश्वकप, टी ट्वान्टी विश्वकप र च्याम्पियन्स ट्रफी) उचाल्ने उनी एकल कप्तान हुन् । उनले भारतलाई टेष्ट वरियताको शिर्ष स्थानमा समेत पुर्याएका थिए ।
३९ वर्षीय धोनीले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो सन्यासको घोषणा गरेका हुन् । उनले लेखेका छन् , “तपाईहरु सबैको स्नेह र समर्थनका लागि धन्यवाद छ, सात बजेर २९ मिनेटपछि म निवृत्त भएको छु ।” धोनीको उक्त घोषणामा स्पष्ट नलेखिएको भएपनि उनले इन्डियन प्रिमियर लिगको यूएईमा हुन लागेको संस्करणमा खेल्ने बुझिएको छ । प्रिमियर लिगको आगामी संस्करणमा समेत उनले चेन्नई सुपर किंग्सको नेतृत्व गर्ने छन् ।
प्रिमियर लिगको आगामी संस्करण खेल्ने तयारी स्वरुप उनी शुक्रबार चेन्नई पुगेका छन् । छोटो प्रशिक्षणपछि टोली यूएईका लागि प्रस्थान गर्नेछ । प्रिमियर लिगको आगामी संस्करण सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म चल्नेछ ।
सुपर किंग्सका कार्यकारी प्रमुख काशी विश्वनाथनले धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेपनि चेन्नईका लागि कम्तिमा सन् २०२२ सम्म खेल्ने अपेक्षा राखेको प्रतिक्रिया दिएका छन् ।
धोनीले सन्यासको घोषणा गर्दा अन्तिम अन्तर्राष्ट्रिय खेल उनको ३५० औं अन्तर्राष्ट्रिय एकदिवसीय भएको छ । उक्त खेल विश्वकप क्रिकेट २०१९ को सेमीफाइनलमा जुलाई २०१९ मा न्युजिल्याण्ड विरुद्ध खेलिएको थियो । जसमा धोनीले ७२ बलको सामना गर्दै अर्धशतक लगाएका थिए ।
विश्वकपको फाइनलमा स्थान सुनिश्चित गर्न उत्रेको भारतीय पारी धरमराउँदा धोनीले अद्र्धशतकीय पारी खेलेर स्थिरता दिएका थिए । तर ५० रनको व्यक्तिगत् योगफलमा मार्टिन गुप्टिलले ‘थ्रो’मा आउट भई धोनी पेभेलियन फर्किदा भारत सेमीफाइनलबाटै बाहिरिन पुगेको थियो ।
सन् २००४ को डिसेम्बर महिनामा अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेका धोनीले ९० टेष्ट र ९८ टी ट्वान्टी खेलेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेटमा उनले १६ शतकसहित १५ हजारभन्दा बढी रन जोडेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटको पूर्वार्धमै उनले पाकिस्तान विरुद्धको श्रृखंलामा गरेको विष्फोटक ब्याटिंग क्रिकेट प्रशंसकको मस्तिष्कमा अझै ताजा छ ।
भारतीय क्रिकेट टोलिका कप्तान समेत रहेका क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का अध्यक्ष सौरभ गांगुलीले एक वक्तब्य जारी गरी क्रिकेटको एक युगको अन्त्य भएको प्रतिक्रिया दिएका छन् । गांगुलीले धोनीको नेतृत्व क्षमता भेटाउन मुश्किल हुने उल्लेख गरेका छन् ।
सन् २०११ को विश्वकप फाइनलमा धोनीले छक्का लगाएर विश्वकपको उपाधि दिलाउनुका साथै अविजित रहेर खेलेको ९१ रनको पारी सबैभन्दा महत्वपूर्ण मानिन्छ । भारतको झारखण्ड राज्यको राँचीका धोनीले अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेको दुईवर्षपछि नै भारतीय क्रिकेट टोलिको कप्तान नियुक्त भएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस