काठमाडौँ – क्यारेबियन प्रिमियर लिगको आफ्नो दोस्रो खेलमा जमैका तलावाजले हार बेहोरेको छ । नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित जमैकालाई ट्रिनबागो नाइट राइडर्सले सात विकेटले हराएको हो । वेष्टइन्डिज क्रिकेट टाेलीका प्रमुख खेलाडीहरू रहेको ट्रिनबागो लिगको सबैभन्दा बलियो टोली हो ।
ट्रिनबागो दुई खेलमध्ये दुवैमा जित हात पारेर अङ्कतालिकाको शीर्ष स्थानमा उक्लेको हो । जमैका भने दुईमध्ये एउटामा जित र अर्कोमा हारसँगै छ टाेली सम्मिलित लिगको चौथो स्थानमा झरेको छ ।
ट्रिनाडाडस्थित ब्रायन लारा रङ्शालामा सम्पन्न खेलमा जमैकाले प्रस्तुत गरेको १३६ रनको झिनो लक्ष्य ट्रिनबागोले खेल सकिन ११ बल बाँकी छँदै मात्र तीन विकेटको क्षतिमा पूरा गरेको छ । रन जोड्न नपाउँदै ओपनर लेन्डी सिमोन्सको रुपमा पहिलो विकेट गुमाएर ट्रिनबागोले कमजोर सुरुवात गर्न पुग्यो ।
दोस्रो विकेटका लागि सुनिल नारैनले कोलिन मुनरोसँग उत्कृष्ट ७५ रनको साझेदारी गरेपछि ऊ सहज स्थितिमा पुगेको थियो । सुनिल नारैन मात्र ३८ बलमा सात चौका र दुई छक्का लगाएर ५३ रनमा ब्याटिङ गरिरहँदा सन्दीप लामिछानेले क्रैग बर्थवैटको हातमा क्याच थमाए । तर जमैकाका लागि खेलमा पुनरागमनमा अबेर भइसकेको थियो । डरेन ब्राभो र क्यारन पोलार्डको साझेदारीले बाँकी रहेको ६० रन सहजै पूरा गर्यो ।
सन्दीपले चार ओभरमा ३० रन खर्चेर क्रिजमा राम्ररी जमेका नारैनको विकेट लिए ।
फिडेल एडवार्ड्स र मुजिब उर रहमान सामान एक एक विकेट लिनुभयो । फिडेलले चार ओभरमा मात्र १९ रन खर्चिँदा रहमानले मात्र १३ रन खर्चिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको जमैकाले खाता नखोल्दै ओपनर सैडविक वाल्टनको रुपमा पहिलो विकेट गुमाउन पुग्यो । अर्का ओपनर ग्लैन फिलिप्सले ५८ रन बनाएर उत्कृष्ट पारी खेलेपनि अन्य कुनै पनि ब्याट्सम्यान जम्न नसक्दा ऊ २० ओभरमा आठ विकेटको क्षतिमा १३५ रनमा समेटिन पुग्यो । आन्द्रे रस्सैलले २५ तथा रमाल लेविसले १५ रनको योगदान दिएका थिए ।
ट्रिनबागोका लागि अली खान र जयडेन सिल्सले सामान दुई-दुई तथा सुनिल नारैन, फवाद अहमद र डारेन ब्राभोले सामान एक-एक विकेट लिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस