काठमाडौं-आयोजक मध्येको एक मूलपानी तेक्वान्दो डोजाङले प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगिताको पहिलो दिन सोमबार तीन स्वर्ण जितेको छ ।
कुल ११ स्पर्धा समावेश प्रतियोगिताको पहिलो दिन ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा मूलपानीले सर्वाधिक ३ स्वर्ण जितेको हो । स्युचाटार तेक्वान्दो डोजाङले २ तथा कोटेश्वर तेक्वान्दो डोजाङले ले १ स्वर्ण जिते ।
मूलपानी र कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष १२ वर्षमा स्युचाटारका जेसन थापाले स्वर्ण जिते । उनले ६.१६ अंक जोडे । रजत जितेका मूलपानीका भिजन तामाङले ६.१० अंक जोडे । काभ्रेस्थलीका मिराज केसी र मूलपानीका प्रशान्त धमलाले तेश्रो स्थानमा चित्त बुझाए ।
उक्त स्पर्धाको महिलामा स्युचाटारकी ग्रिवानी थापा ६.३० अंकसाथ पहिलो भइन् । दोश्रो भएकी गोदावरीकी सर्गम थापाले ६.१६ अंक प्राप्त गरिन् । मूलपानीकी मेलिना राई तथा बुटवलकी अनुष्का तामाङले कांस्य हात पारे ।
कागेश्वरी मनोहरा नगरपालिकाको मुख्य प्रायोजन र युनिटी तेक्वान्दो डोजाङ, हङकङका अध्यक्ष दिल गुरुङको सह–प्रायोजनमा भइरहेको प्रतियोगिताको पुरुष १५ वर्षमा मूलपानीका आयुश ढुंगेल शीर्ष स्थानमा रहे ।
६.३ अंक जोडेका आयुशले ६ अंक जोडेका मूलपानीकै महेश आङथुपुलाई पछि पारे । सैनिक आवसीय महाविद्यालयका सुजन श्रेष्ठ तथा गोदावरीका श्रृजल श्रेष्ठ तेश्रो बने । सोही स्पर्धाको महिलामा कोटश्वरकी सन्ध्या लामा च्याम्पियन बनिन् । सन्ध्याले ६.१३ अंक जोडिन् । ६.१० अंकसाथ मूलपानीकी प्रगति कुइकेल दोश्रो भइन् । चन्द्रसूर्यका हिमाला अधिकारी तथा सोनी शेर्पाले तेश्रो स्थानमा रहे ।
पुरुष ४१ वर्षमाथि मधुसुदन सापकोटाले मूलपानीलाई अर्को स्वर्ण दिलाए । आफ्ना प्रतिद्वन्द्वीलाई उछिन्ने क्रममा मधुसुदनले ६.०३ अंक जोडे । ५.८३ अंकसाथ पाटनका ईश्वरराम वज्राचार्य दोश्रो स्थानमा रहे । बागलुङका पर्शुनारायण बोहरा तथा बुटवलका दीपक राणा तेश्रो भए । महिला ३१–४० वर्षमा मूलपानीकी तृप्ति बुढाथोकीले पहिलो स्थान कब्जा गरिन् । तृप्तिले ५.७६ अंक ल्याइन् ।
प्रतियोगिताको कागेश्वरी मनोहरा नगरपालिका मेयर कृष्णहरि थापाले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा आयोजक खेलकुद विकास समितिका अध्यक्ष रामप्रसाद पुडासैनीलगायतको उपस्थिति थियो । दुईदिने प्रतियोगितामा नेपाल प्रहरी, नेपाली सेनासहित विभिन्न ४४ टिमका २ सय ८ खेलाडी सहभागी छन् ।
हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार पाउने छन् । सहभागी मध्ये एक खेलाडीलाई ‘मोस्ट पपुलर प्लेयर’ अवार्ड प्रदान गरिने छ ।
अवार्डको राशी ५ हजार नगद रहेको छ । यो विधाको चयन गर्न प्रत्येक सहभागी खेलाडीको भिडियो यु ट्युबमा राखिने छ । त्यस मध्ये सर्वाधिक हेरिएको खेलाडीको भिडियोलाई ‘मोस्ट पपुलर प्लेयर’ को अवार्ड प्रदान गरिने छ । यसको नतिजा भने अक्टोबर २० तारिखमा सर्वाजनिक गरिने छ । प्रतियोगिताको निर्णायक मण्डलमा अशोक खड्का, हीराबहादुर थापा, नोर्बु लामा, विक्रम खड्गी र मिन न्यौपाने रहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस