काठमाडौँ-युएस वल्र्ड क्लास तेक्वान्दो एसोसिएसनको आयोजनामा हुने २०२० वल्र्ड भर्चुअल तेक्वान्दो महोत्सवमा सहभागी हुने ९ नेपाली खेलाडीको दर्ता शुल्क रिक्की सिनले प्रायोजन गरिदिने भएका छन् ।
पान अमेरिकन तेक्वान्दो युनियनका महासचिव सिनले एक खेलाडीको १ सय अमेरिकन डलरका दरले ९ सय डलर दर्ता शुल्क प्रायोजन गरिदिने नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का अध्यक्ष अशोक खड्काले जनाएका छन् ।
प्रतियोगितामा भिजन तामाङ, प्रगति कुइकेल, मेलिना राई, आयुश बोहरा, विवेक श्रेष्ठ, प्रसन्न पुडासैनी, अस्मिता नगरकोटी, महेश आङथुप्पा र आयुश ढुंगेलले जुनियरतर्फ नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रतियोगिता अक्टोबर १७ र १८ तारिखमा हुँदैछ । सिनियरको स्पर्धा अक्टोबर १२ र १३ तरिखमा सम्पन्न भइसकेको छ ।
प्रतियोगितामा अध्यक्ष खड्काले निर्णायकको भूमिका निर्वाह गर्दैछन् । सिनियरको प्रतियोगितामा पनि खड्काले निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । खड्का पुम्से, ग्योरोगी र पारा तेक्वान्दोका एक्लो नेपाली निर्णायक हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस