काठमाडौ-नेप्लिज तेक्वान्दो एकेडेमीका खेलाडीले २०२० वल्र्ड भर्चुअल तेक्वान्दो महोत्सवमा ४ स्वर्ण र ३ रजत गरी ७ पदक जितेका छन् ।
भिजन तामाङले पुरुष १२ वर्षमा स्वर्ण जिते । उनले ६।७६ अंक जोडे । यो स्पर्धामा एनटीएबाट २ खेलाडीले सहभागिता जनाएका थिए । भिजनसंगै समान ६।७६ अंक जोडेपनि महेश आङथुप्पाले दोश्रो स्थानमा चित्त बुझाए । प्रेजेन्टेसनका आधारमा महेश पछि परेका हुन् । प्रेजेन्टेसनमा भिजनले ३।८३ तथा महेशले ३।८० अंक जोडे ।
युएस वल्र्ड क्लास तेक्वान्दो एसोसिएसनद्वारा आयोजित प्रतियोगिताको पुरुष १५ वर्षमुनि विवेक श्रेष्ठले पहिलो स्थान हात पारे । उनले ६।३० अंक बटुले ।
सोही स्पर्धाको महिलामा ६।६३ अंकसाथ मेलिना राईले शीर्ष स्थान हात पारिन् । ६।३६ अंकसाथ प्रगति कुइकेल दोश्रो भइन् ।
पुरुष १४ वर्षमा ६/ ०६ अंक जोड्दै प्रजुन कुइकेल पहिलो भए । पुरुष १२–१४ वर्षमा आयुश ढुंगेल दोश्रो भए । उनले ५।९३ अंक ल्याए ।
एनटीएबाट ९ खेलाडी सहभागी भएकोमा ७ जनाले पदक जिते भने बाँकी २ पदकविहीन रहे । सबै खेलाडीले पुम्सेको जुनियरतर्फ प्रतिस्पर्धा गरेका थिए । आयुश बोहरा र प्रशन्न पुडासैनी दुवैले यु–१७ उमेरसमूहमा प्रतिस्पर्धा गरेका थिए । ६।२६ अंकमा प्रशन्न पाँचौं तथा ५।९० अंकमा आयुश छैटौं भए ।
प्रतियोगितामा एनटीएका अध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए । अक्टोबर १७ र १८ तारिखमा भएको प्रतियोगितामा एसियाली महादेशबाटै निर्णायकको भूमिका निर्वाह गर्ने खड्का एक्लो निर्णायक भएको बताइएको छ ।
प्रतियोगितामा सहभागी एनटीएका सबै खेलाडीको दर्ता शुल्क पान अमेरिकन तेक्वान्दो युनियनका महासचिव रिक्की सिनले प्रायोजन गरेका थिए । प्रतियोगितामा सहभागी हुन एक खेलाडीको दर्ता शुल्क १ सय अमेरिकन डलर राखिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस