काठमाडौं-धावक रामसुन्दर कार्कीले ललितपुरदेखि जनकपुरसम्म दौड्ने भएका छन् ।
उनले पुस १ गते ललितपुरको गोदावरी नगरपालिकाको गोदामचौरस्थित कार्की टोलबाट दौड यात्रा प्रारम्भ गर्ने जानकारी दिए । कार्की पनि गोदामचौर निवासी हुन् । उनले त्यहाँ आफैले बनाएको हनुमान मन्दिरबाट दौड सुरु गर्ने छन् ।
कार्कीले गोदामचौरदेखि जनकपुरसम्म दोश्रोपटक दौड्न लागेका हुन् । करिब २ सय २५ किलोमिटर दूरी ३ दिनमा तय गर्ने कार्कीले जानकारी दिए । ‘मदिरा मुक्त समाज’ नारा दिइएको दौड जनकपुरको रामजानकी मन्दिर पुगेपछि टुंगिने छ ।
कार्कीको दौडलाई नेपाल शाहाकारी पार्टी र फुड बैंकले सहयोग गर्ने भएको छ । शाहाकारी पार्टीका केन्द्रीय अध्यक्ष राधे खड्काले पनि व्यक्तिगत रुपमा कार्कीको दौडलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्की २०६४ सालमा १ सय १ दिन लगाएर दौडेर ७५ जिल्ला पुगेका थिए । त्यस्तै उनले काठमाडौं–लुम्बिनी ६ पटक, काठमाडौं–सिन्धुली ३ पटक, काठमाडौं–दोलखा ३ पटक र विश्व पर्यटन दिवसका अवसरमा काठमाडौं–पोखरा १ पटक दौडिसकेका छन् ।
४९ वर्षीय कार्कीले काठमाडौं–उत्तर प्रदेश– बिहार तथा काठमाडौं–भारतको पश्चिम बंगाल–भुटान दौडेर ओहोर–दोहोर गरेका छन् ।
दौडबाट संकलित रकम धार्मिक र सामाजिक कार्यमा पनि सहयोग गर्ने बताए । ‘विगतमा पनि दौडहरुबाट संकलित केहि प्रतिशत रकम धार्मिक र सामाजिक कार्यमा सहयोग गरेको थिए । यसपटक पनि सहयोगलाई निरन्तरता दिने छु ।’ कार्कीले भने ।
उनको दौडलाई पूर्व धावक ओलम्पियन कृष्णबहादुर बस्नेत नेतृत्वको टोलीले निगरानी गर्ने छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस