क्राइस्टचर्च – केन विलियम्सनले दोहोरो शतक प्रहार गरेपछि पाकिस्तान विरुद्धको दोस्रो टेस्ट क्रिकेटमा न्यूजील्यान्ड सुदृढ स्थितिमा पुगेको छ । विलियम्सनको यो चौथो दोहोरो शतक हो ।
न्यूजील्यान्ड टिमका कप्तान समेत रहेका विलियम्सन व्यक्तिगत २३८ रन बनाएर आउट भएका थिए । न्यूजील्यान्डका लागि हेनरी निकोल्सले १५७ तथा डेरिल मिचेलले १०२ रन बनाएर महत्वपूर्ण योगदान दिएका थिए ।
तेस्रो दिन छ विकेटको क्षतिमा ६५९ रन बनाएर न्यूजील्यान्डले पहिलो इनिङ समाप्त भएको घोषणा गरेको छ । यो घोषणासँगै न्यूजील्यान्डले पाकिस्तान विरुद्ध ३६२ रनको विशाल अग्रता बनाएको छ ।
पाकिस्तानले पहिलो इनिङमा २९७ रन बनाएको थियो ।
तेस्रो दिन नै दोस्रो इनिङ शुरु गरेको पाकिस्तानले एक विकेटको क्षतिमा ८ रन बनाएको छ । पाकिस्तानका शान मसूद कुनै रन नै नबनाई आउट भएका छन् ।
दुई टेस्टको यस शृंखला अन्तर्गत पहिलो खेलमा न्यूजील्यान्ड विजयी भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस