क्राइस्टचर्च – अग्लो कदका तिब्र गतिका बलर काइल जेमिसनले ११ विकेट लिएसँगै न्यूजील्यान्डले पाकिस्तानलाई दोस्रो टेस्टमा एक इनिङ र १७६ रनको विशाल अन्तरले पराजित गरेको छ । यो जितसँगै न्यूजील्यान्ड टेस्ट क्रिकेटको विश्व वरियतामा पहिलो नम्बरमा उक्लेको छ ।
पहिलो इनिङमा पाँच विकेट लिएका काइल जेमिसनले दोस्रो इनिङमा पनि प्रभावशाली खेल प्रदर्शन गर्दै पाकिस्तानका ६ खेलाडी आउट बनाएका थिए । ट्रेन्ट बोल्टले ३ विकेट लिएका थिए भने केन विलियम्सनले १ विकेट लिएका थिए ।
पहिलो इनिङमा २९७ रन बनाएको पाकिस्तानले दोस्रो इनिङमा १८६ रन मात्र बनाउन सकेको थियो । पहिलो इनिङमा ६५९ रन बनाएको न्यूजील्यान्डले अन्ततः पाकिस्तानलाई एक इनिङ र १७६ रनले पराजित गरेको हो ।
दुई खेलको यस शृंखलामा न्यूजीन्यान्डले २–० ले विजयी भएको छ ।
पहिलो इनिङमा व्यक्तिगत २३८ रन बनाएका कप्तान केन विलियम्सनले म्यान अफ द म्याच र म्यान अफ द सिरिजको उपाधि जिते ।
दोस्रो इनिङमा पाकिस्तानका अविद अलिले २६, मोहम्मद अब्बासले ३, अजहर अलिले ३७, ह्यारिस सोहेलले १५, फवाद आलमले १६, मोहम्मद रिजवानले १०, फाहिम अश्रफले २८, जफार गोहारले ३७ रन बनाएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस