सिड्नी – अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट क्रिकेटमा अस्ट्रेलियाली मध्यक्रमका ब्याट्सम्यान स्टिभेन स्मिथले शतक प्रहार गरेका छन् । स्मिथको शतकको मद्दतले अस्ट्रेलियाले पहिलो इनिङमा ३३८ रनको मध्यम स्कोर खडा गरेको छ ।
स्मिथले १३१ रनको महत्वपूर्ण योगदान दिएका थिए । वर्षाले प्रभावित खेलमा दोस्रो दिनको खेल दुई विकेटको क्षतिमा १६६ रनबाट अगाडि बढाएको अस्ट्रेलियाले मध्य र पुछारका क्रमका ब्याट्सम्यानको फितलो प्रदर्शनका कारण ३३८ रनमै पूरै टिम समेटिएको थियो ।
अस्ट्रेलियाका लागि स्मिथ बाहेक प्रारम्भिक ब्याट्सम्यान विल पुकोभ्स्कीले ६२, मार्नस लाबुसानेले ९१, मिचेल स्टार्कले २४ तथा म्याथ्यु वेडले १३ रन बनाउनु बाहेक अन्य खेलाडी सस्तोमै आउट भएका थिए ।
डेभिड वार्नर ५, क्यामरुन ग्रिन ०, कप्तान टिम पेन १, प्याट कमिन्स ०, नाथन लायन ० तथा जस हेजलउडले अविजित १ रन बनाएका थिए ।
भारतका लागि रबिन्द्र जडेजाले ४, नवदीप सैनीले २, मोहम्मद सिराजले १ तथा जसप्रित बुमराहले २ विकेट लिएका थिए ।
यसैबीच, भारतले आफ्नो पहिलो इनिङ शुरु गरेको छ । दोस्रो दिनको खेल सकिँदा भारतले २ विकेटको क्षतिमा ९६ रन बनाएको छ ।
भारतीय ब्याट्सम्यान रोहित शर्माले २६ बनाएर हेजलउडको बलमा आउट भएका छन् भने शुभमन गिल ५० रन बनाएर प्याट कमिन्सको बलमा आउट भइसकेका छन् ।
दोस्रो दिनको खेल समाप्त हुँदा कप्तान अजिन्क्य रहाणे ५ रन र चेतेश्वर पुजारा ९ रन बनाएर अविजित छन् । भारत अझै पनि अस्ट्रेलियाभन्दा २४२ रनले पछि छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस