ब्रिसबेन – भारत र अस्ट्रेलियाबीचको चौथो तथा अन्तिम टेस्ट क्रिकेटमा भारतले अन्तिम सत्रमा राम्रो पुनरागमन गरेको छ । ब्रिसबेनको गाब्बा मैदानमा पहिलो दिनको खेल सकिँदा अस्ट्रेलियाले ५ विकेटको क्षतिमा २७४ रन बनाएको छ ।
पटक पटक जीवनदान पाएका मार्नस लाबुसानेको १०८ रनको मद्दतले अस्ट्रेलिया ठूलै स्कोरतर्फ अग्रसर भएको हो । अस्ट्रेलियाका अन्य खेलाडीहरुमा डेभिड वार्नरले १, मार्कस ह्यारिसले ५, स्टिभेन स्मिथले ३६ र म्याथ्यु वेडले ४५ रन बनाएका थिए ।
क्यामरुन ग्रीन २८ र कप्तान टिम पेन ३८ रन बनाएर खेलिरहेका छन् ।
यसअघि भएका तीन खेलमध्ये दुबै टिमले १–१ खेल जितेर बराबरीको स्थिति छ । एक खेल भने बराबरीमा समाप्त भएको थियो । बोर्डर–गावस्कर ट्रफी जित्न यो टेस्ट अस्ट्रेलियाले जित्नै पर्दछ ।
भारतका प्रमुख बलरहरु जसप्रित बुमराह र रविचन्द्रन आश्विन घाइते भएकाले दुई जना नयाँ खेलाडीले यस टेस्टमा मौका पाएका छन् । अर्का तिब्र गतिका भारतीय बलर नवदीप सैनी पनि चोटका कारण दोस्रो सत्रबाट मैदानमा देखिएका छैनन् ।
तुलनात्मक रुपमा कमजोर क्षेत्र रक्षण गरेको भारतले शतक प्रहार गरेका मार्नस लाबुसाने समेतका केही क्याच छोडेपछि भारतीय टीम निराश भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस