काठमाडौं, माघ २७ गते । इंग्ल्याण्डले भारत विरुद्धको पहिलो टेष्ट खेल २२७ रनले जितेको छ । पाहुना टोलि इंग्ल्याण्डले प्रस्तुत गरेको ४२० रनको लक्ष्य पछ्याउँदै भारतले दिनको खेल सकिन ३५ ओभर बाँकी छँदै मात्र १९२ रनमा समेटिएपछि उसले फराकिलो अन्तरको हार बेहोर्न बाध्य भएको हो । जितसँगै इंग्ल्याण्डले चार म्याचको टेष्ट श्रृखंलामा १–० को अग्रता लिएको छ ।
एक विकेटको क्षतिमा ३९ रनबाट पाँचौं तथा अन्तिम दिनको खेल सुरु गरेको भारतले थप १५३ रन जोडन बाँकीको नौ विकेट गुमायो । उसको पारीमा कप्तान विराट कोहलीले ७२ तथा ओपनर शुभमन गिलले ५० रनको योगदान दिनु अतिरिक्त अन्य कुनै ब्याट्सम्यानले प्रभाबकारी प्रदर्शन गर्न सकेनन । उसको पारीका छ जना ब्याट्सम्यान दोहोरा योगफल समेत जोडन सकेनन ।
इंग्ल्याण्डका लागि ज्याक लिचले सर्वाधिक चार विकेट लिनुभयो । जेम्स एन्डरसनले तीन र जोफ्रा आर्चर, डम बेस्स र बेन्न स्टोक्सले एक एक विकेट लिनुभयो ।
त्यसअघि, चेन्नईमा टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको इंग्ल्याण्डले आफ्नो पहिलो पारीमा ५७८ रनको विशाल योगफल तयार गरेको थियो । कप्तान जोइ रुटको दोहोरा शतकमा इंग्ल्याण्डले ठूलो योगफल तयार गर्न सफल भयो ।
भारतका लागि जसप्रित बुमराह र रबिचन्द्रन आश्विनले सामान तीन तीन तथा इशान्त शर्मा र शहबाज नदीमले सामान दुई दुई विकेट लिए ।
जवाबमा शीर्ष क्रमका ब्याट्सम्यानहरु असफल भएपछि भारत आफ्नो पहिलो पारीमा मात्र ३३७ रनको योगफलमा समेटिन पुग्यो । मध्यक्रममा चेतेश्वर पूजाराले ७३ तथा विकेटकीपर ब्याट्सम्यान ऋषभ पन्तले ९१ र वाशिंंगटन सुन्दरले ८५ रनको पारी खेलेपछि ऊ पाहुना टोलिलाई विशाल रनको अग्रता बनाउनबाट बञ्चित गर्यो ।
भारतलाई ३३७ रनमा समेट्न इंग्ल्याण्डका लागि डम बेस्सले सर्वाधिक चार तथा जेम्स एन्डरसन, जोफ्रा आर्चर र ज्याक लिचले सामान दुई दुई विकेट लिए ।
पहिलो पारीमा २४१ रनको अग्रता लिएको इंग्ल्याण्डले दोस्रो पारीमा मात्र १७८ रनमा समेटिएपनि भारत समक्ष ४२० रनको विशाल लक्ष्य प्रस्तुत गर्न सफल भयो । इंग्ल्याण्डका लागि जोइ रुटले बनाउनुभएको ४० रन नै दोस्रो पारीको सबैभन्दा ठूलो ब्यक्तिगत् योगफल रहन गयो । भारतका लागि रबिचन्द्रन आश्विन एक्लैले सर्वाधिक छ विकेट लिए । शहवाज नदीमले दुई तथा इशान्त शर्मा र जसप्रित बुमराहले सामान एक एक विकेट लिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस