चितवन – चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि ललितपुर महानगरपालिकाले रु २० लाख सहयोग गरेको छ । रङ्गशाला निर्माणको जिम्मा लिएको धुर्मुस सुन्तली फाउण्डेशन र महानगरपालिकाबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) लाई रु २० लाख बराबरको चेक हस्तान्तरण गर्नुभएको छ ।
कार्यक्रममा प्रमुख महर्जनले रङ्गशाला निर्माणका लागि सबैको थोरैथोरै सहयोगले बल पुग्ने बताउनुभयो । उहाँले सबैको हातेमालोबाट रङ्गशाला निर्माण हुनेमा विश्वस्त रहेको उल्लेख गर्नुभयो । फाउण्डेशनका अध्यक्ष धुर्मुसले अप्ठ्यारो परिस्थितिमा ललितपुर महानगरपालिकाले गरेको सहयोगले देशको रङ्गशाला निर्माण भइरहेको छ भन्ने सन्देश दिएको बताउनुभयो । रङ्गशाला निर्माणका लागि देशभरका विभिन्न पालिकाबाट सहयोग प्राप्त हुनेक्रम बढ्दै गएको पनि फाउण्डेशनका अध्यक्ष कट्टेलले जानकारी दिनुभयो । महानगरपालिकाको सहयोगबाट रङ्गशाला निर्माणका लागि ऊर्जा थपिएको पनि उहाँले बताउनुभयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस