काठमाडौं – क्रिष्टियानो रोनाल्डोले दुई गोल गरेपछि युभेन्ट्सले क्रोटोनमाथि ३–० को जित हात पारेको छ । क्रोटोनमाथि जितसँगै युभेन्ट्स इटाली सिरी ए को तेस्रो स्थानमा उक्लेको छ ।
पहिलो हाफको ३८ औं मिनेटमा लोबो सिल्भाको सहयोगमा क्रिष्टियानो रोनाल्डोले हेडरमार्फत् गोल गर्नुभयो ।
पहिलो हाफकै थपिएको समयमा एलेक्स सान्ड्रोको क्रसलाई आरोन राम्सेले रोनाल्डोतर्फ मोडेपछि रोनाल्डोले हेडरमार्फत् गोलको दिशा दिदै पहिलो हाफमै युभेन्ट्सलाई २–० को अग्रता दिलाउनुभयो । ६६ औं मिनेटमा वेष्टन म्याकेनीले गोल पोष्ट नजिकबाट गर्नुभएको प्रहार गोलमा परिणत भएपछि युभेन्ट्सले अङ्कतालिकाको पूछारमा रहेको क्रोटोनमाथि ३–० को जित सुनिश्चित गर्यो ।
युभेन्ट्सले २२ खेलबाट ४५ अङ्क जोडेको छ । ऊ तेस्रो स्थानमा उक्लिदा शीर्ष स्थानको इन्टर मिलानले २३ खेलबाट ५३ अङ्क बटुलेको छ । दोस्रो स्थानको एसी मिलानले त्यत्तिकै खेलबाट ४९ अङ्क जोडेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस