पोखरा – पोखरामा यही फागुन २४ देखि २९ गतेसम्म ‘चौथो रञ्जित गुरुङ स्मृति तथा १० औँ बगर भाइ खलक भेट्रान्स एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता’ हुने भएको छ ।
पूर्वराष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, खेलकर्मी तथा खेलकूदमा योगदान पु¥याएका व्यक्ति आबद्ध संस्था बगर भाइ खलक पोखराले प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिएको हो । पोखराको पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको आज आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका महासचिव यामबहादुर गुरुङले जानकारी दिएका छन् ।
उनका अनुसार प्रतियोगितामा काठमाडौँ, वीरगञ्ज, हेटौँडा, चितवन, वालिङ, बुटवलबाट गरी २८ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । यसअघिका संस्करणमा भारतलगायत विदेशी मुलुकका टोलीले प्रतियोगितामा सहभागिता जनाउने गरे पनि यसपटक कोभिड–१९ का कारण विदेशी टोली छैनन् ।
चालीस वर्षदेखि ६५ वर्र्ष उमेर समूहका पाका खेलाडीको खेलबाट नयाँ पिँढीलाई खेलकूदप्रति अभिरुचि जगाई भविष्यमा खेलाडी उत्पादन गर्ने लक्ष्य आयोजकले राखेको छ । प्रतियोगिताको उपाधि विजेताले टोलीले रनिङ शिल्डसहित नगद रु एक लाख ११ हजार १११ र द्वितीय हुने टोलीले रु ५५ हजार ५५५ सहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस