काठमाडौं – न्युजिल्याण्ड क्रिकेट टोलिका अनुभबी ब्याट्सम्यान रोस टेलरले बङ्गलादेश विरुद्धको पहिलो अन्तर्राष्ट्रिय एकदिबसीय खेलबाट बाहिरिनुभएको छ । घुँडामा आएको चोटका कारण उहाँ बङ्गलादेश विरुद्धको पहिलो एकदिबसीय खेलमा सहभागी नहुने अवस्थामा पुगेको बताइएको छ ।
रोस टेलरको अनुपस्थितिले न्युजिल्याण्डको राष्ट्रिय क्रिकेट टोलिमा मार्क च्यापम्यान पहिलो पटक बोलाइएका छन् । यसअघि हङकङका लागि छ अन्तर्राष्ट्रिय एकदिबसीय खेलिसक्नुभएका च्यापमनले न्युजिल्याण्डका लागि भने चार खेलमा अझै दोहोरा अङ्कको योगफल जोडन सक्नुभएको छैन् ।
टेलर पहिलो एकदिबसीय नखेल्ने भएपछि डेभोन कोनवे र विल योङले पारीको सुरुवात गर्ने जिम्मेबारी पाउनुहुनेछ । केन विलियम्सनको अनुपस्थितिमा डेभोन कोनवे यसअघि नै ओपनिङ गर्ने जिम्मेबारी पाउने अपेक्षा गरिएको थियो । अब भने टेलरलाई विल योङले बिस्थापित गर्नुहुनेछ । दुबैजना अन्तर्राष्ट्रिय एकदिबसीयमा पहिलो पटक न्युजिल्याण्डको प्रतिनिधित्व गर्नुहुनेछ ।
रोस टेलर अन्तर्राष्ट्रिय एकदिबसीयमा न्युजिल्याण्डका लागि सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान हुनुहुन्छ । सन् २०१४ पछि पहिलो पटक न्युजिल्याण्ड क्रिकेट टोलिले दुबै ब्याट्सम्यानको अनुपस्थितिमा खेल्न लागेको हो । रोस टेलर बाँकीको दुबै खेलमा सहभागी हुने अपेक्षा गरिएको छ । न्युजिल्याण्डका प्रशिक्षक गैरी स्टिडले खेलको पूर्बसन्ध्यामा आएको खबरले दुखित भएको बताउनुभएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस