कञ्चनपुर–जनस्तरबाट चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियाका लागि धुर्मुस सुन्तली फाउण्डेशनको टोलीले कञ्चनपुरमा आर्थिक सहयोग जुटाउने कार्य गरिरहेको छ ।
फाउन्डेसनका सञ्चालक सिताराम कट्टेल(धुर्मुस) लगायतको टोलीले दुई दिनअघिदेखि दोधारा–चाँदनी नगरपालिकाबाट शुरुआत गरेको अभियानमा जनस्तरबाट, स्थानीय तह, सङ्घसंस्था, सरकारी कार्यालयलगायतबाट सहयोग रकम सङ्कलनको कार्य उत्साहजनकरुपमा अगाडि बढेको छ ।
सबै क्षेत्रबाट अभियानलाई सहयोग भइरहेको छ । जनस्तरबाट स्वस्फूर्तरुपमा सहयोग रकम उपलब्ध गराउने कार्य भइरहेको छ । स्थानीय तहमा अभियानबारे फाउन्डेसनका सञ्चालक सीताराम कट्टेलले जानकारी गराउने कार्य गरिरहनुभएको छ । स्थानीय तहका जनप्रतिनिधिले अभियानमा साथ र सहयोग दिने प्रतिबद्धतासमेत गरेका छन् ।
गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि आर्थिक अभाव भएका कारण अर्थ सङ्कलनका लागि मेची–महाकाली अभियान सञ्चालन गरिएको फाउन्डेसनका सञ्चलक कट्टेलले बताउनुभयो । “गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको अभियानमा छौँ । यो नितान्त राष्ट्रको अभियान हो”, उहाँले भन्नुभयो, “यस अभियानलाई पूरा गर्न सबैको सहयोग र साथ चाहिएको छ ।”
रङ्गशाला निर्माणको कार्यलाई निरन्तरता दिनका लागि आइपुगेको उहाँले बताउनुभयो । उहाँका अनुसार रङ्गशालाभित्र ७७ वटै जिल्लाका कोठा रहने छन् । रङ्गशाला निर्माता कट्टेलले रङ्गशाला खेल्ने र हेर्ने मात्र नभई अध्ययन गर्ने ठाउँका रुपमा समेत विकास गरिने बताउनुभयो । सिङ्गो देशको रङ्गशाला बनोस् भन्नका लागि अभियानलाई निरन्तरता दिँदै आएको छ । “रङ्गशाला निर्माणका लागि रु ४३ करोड खर्च भइसकेको छ”, उहाँले भन्नुभयो, “रु १३ करोडजति उधारोमा काम गरेका छौँ ।” उहाँका अनुसार रङ्गशाला निर्माणको ३० प्रतिशत काम सम्पन्न भएको छ ।
अन्तरराष्ट्रिय खेल मैदानको ८५ प्रतिशत काम पूरा भएको छ । आउँदो वैशाखमा ३० हजार दर्शकले हेर्न मिल्ने गरी पहिलो चरणको प्याराफिट तयार हुनेछ । विसं २०७५ माघ १६ गते भरतपुर महानगरपालिका र फाउन्डेसनबीच गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सम्झौता भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस