काठमाडौं-नेपालले घरेलु भूमिमा ३७ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको थ्री नेसन्स कपको फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी बंगलादेशलाई २–१ ले पराजित गर्दै नेपाल स्वदेशी भूमिमा ३७ वर्षपछि च्याम्पियन बनेको हो ।
नेपालले सन् १९८४ पछि घरेलु मैदानमा पहिलो उपाधि जितेको हो । त्यति बेला दक्षिण एसियाली खेलकुद महासंघ (साग)मा बंगलादेशलाई हराउँदै उपाधि जितेको थियो । समग्रमा नेपालको यो पाँचांै उपाधि हो । यसअघि नेपालले सन् १९८४ र १९९३ को सागको पुरुष फुटबल, २०१६ मा मलेसियामा भएको एएफसी सोलिडारिटी कप र २०१६ मै बंगलदेशमा भएको बंगलबन्धु कप जितेको थियो ।
प्रशिक्षक बालगोपाल महर्जनको कप्तानीमा गतवर्ष नेपालले सागको उपाधि जितेको हो । नेपाललाई थ्री नेसन्स कपको च्याम्पियन बनाउन सन्जोक राई र विशाल राईले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो ।
बंगलादेशका महाबुबुरले दोस्रो हाफमा एक गोल फर्काए । खेलको १३औं मिनेटमा सुनिलको क्रस बल त्रिदेव गुरुङले नियन्त्रणमा लिन नसकेपछि बललाई बंगलादेशका डिफेन्डरले क्लियर गर्दा नेपाल अग्रता लिनबाट चुक्यो । १७औं मिनेटमा सुनिल बलको क्रसमा डिफेन्डर अनन्त तामाङको हेडरलाई अनिसुर रहमानले बचाए । १८औं मिनेटमा सन्जोक राईले गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाए ।
सुनिल बलको कर्नरमा सन्जोक राईले डि बक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । राष्ट्रिय टोलीबाट सन्जोकले डेब्यु गोल गरेका हुन् । उनी यसै नेसन्स कपमा राष्ट्रिय टोलीमा परेका थिए । बंगलादेशविरुद्धको खेलबाट सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका सन्जोकले आफ्नो दोस्रो खेलमै गोल गर्न सफल भएका हुन् ।
३०औं मिनेटमा अन्जन विष्टले गोलरक्षक अनिसुर रहमानलाई बिट गर्दै गरेको चिप प्रहार पोस्ट नजिकैबाट बाहिरिँदा नेपालले अग्रता दोब्बर पार्नबाट चुक्यो । ४२औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए । रन्जित धिमालको पासमा सन्जोक राईले छोएको बललाई विशाल राईले वान भर्सेस वानको अवस्थामा उत्कृष्ट फिनिस गरेका थिए ।
दोस्रो हाफमा पनि नेपालले बंगलादेशलाई दबाबमा राखे पनि थप गोल गर्न नसक्दा एक गोल बेहो¥यो । ७१औं मिनेटमा विशाल राईको पासमा सब्सिच्युट रविशंकर पासवानले डि बक्समा भेट्न सकेन । ८३औं मिनेटमा सब्सिच्युट महावुर रहमानले कर्नरबाट आएको बललाई हेडर गोल गर्दै खेललाई २–१ ले स्थितिमा ल्याए पनि त्यसपछि थप गोल निस्कन नसक्दा नेपाल २–१ ले विजयी हुन सफल भयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस