काठमाडौँ- क्लबले बार्सिलोनासँग लियोनेल मेस्सीले नयाँ करार नगर्ने जनाएको छ । स्पेनिस क्लबसँग अर्जेन्टिनी खेलाडीको करार समाप्त भइसके पनि उनले नयाँ सिजन अघि नै क्लबसँग नयाँ सम्झौता गर्ने अपेक्षा गरिएको थियो ।
मेस्सीले नयाँ करारबारे बिहीबार क्लबसँग छलफल पनि गरेको भएपनि छलफल सकारात्मक नभएपछि क्लबले अब मेस्सी नफर्कने जानकारी दिएको हो ।
विज्ञप्तिमा भनिएको छ “फुटबल क्लब बार्सिलोना र लियोनेल मेस्सी दुवै पक्ष नयाँ करार सम्झौता गर्ने सहमति र स्पष्ट उद्देश्यसहित आज छलफलमा बसेपनि आर्थिक र संरचनात्मक बाधा (स्पेनिस ला लिगाको नियम) का कारण त्यो सम्भव हुन सकेन। यस अवस्थाका कारण मेस्सी एफसी बार्सिलोनामा रहने छैनन् । क्लब र खेलाडीको इच्छा अन्ततः पुरा नभएकोमा दुवै पक्ष निकै दुःख व्यक्त गर्दछ ।”
बार्सिलोनाले मेस्सीलाई क्लबप्रति पुर्याएको योगदानका लागि धन्यवाद दिँदै भविष्यका लागि शुभकामना व्यक्त गरेको छ ।
यसअघि मेस्सी र क्लबबीच पाँच वर्षको करार सम्झौता गर्ने सहमति भएको थियो । ३४ वर्षीय खेलाडीले आफ्नो तलब ५० प्रतिशत कम गरेर क्लबसँग नयाँ करार गर्ने बताइएको थियो । तर, यसका बावजुद क्लबको आर्थिक अवस्थाका कारण उनलाई नयाँ सिजनका लागि दर्ता गर्न असम्भव देखिएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस