काठमाडौँ- जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिकमा चीन ३८ स्वर्ण पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ ।
चीनले हालसम्म ३८ स्वर्ण, ३१ रजत र १८ कास्य पदक प्राप्त गरेको छ । पदक तालिकाको दोस्रोमा अमेरिका तथा तेस्रो स्थानमा जापान रहेका छन् ।
अमेरिकाले ३६ स्वर्ण, ३९ रजत र ३३ कास्य पदक प्राप्त गरेको छ भने जापानले २७ स्वर्ण, १२ रजत र १७ कास्य प्राप्त गर्न सफल भएको छ ।
रसियन ओलम्पिक कमिटी २० स्वर्ण, २६ रजत र २३ कास्य पदकसहित चौथो स्थानमा छ भने बेलायत २० स्वर्ण, २१ रजत र २२ कास्य पदकका साथ पाँचौ स्थानमा छ ।
छैटौं स्थानको अस्ट्रेलियाले १७ स्वर्ण, ७ रजत र २२ कास्य पदक हात पारेको छ भने सातौ स्थानको जर्मनीले हालसम्म १० स्वर्ण, ११ रजत र १६ कास्य पदक प्राप्त गरेको छ ।
टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ८५ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस