काठमाडौं-एघारौं बसेल ओपन मास्टर्स कराते प्रतियोगितामा भाग लिन दुई खेलाडीसहित ३ सदस्यीय नेपाली कराते टोली बिहीबार स्विट्जरल्यान्डको बसेल प्रस्थान गर्दै छन् ।
सेप्टेम्बर ११ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा सुमन तिमिल्सिना र सरोज कार्कीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । सुमनले सिनियर एकल काता तथा सरोजले ८५ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । सुमनले प्रशिक्षकको भूमिका पनि निर्वाह गर्ने छन् ।
अफिसियलमा प्रज्ज्वलप्रतिक क्षेत्री छन् । सहभागीले ७२ घण्टाको पीसीआर रिपोर्ट पेश गर्नु पर्ने हुन्छ । टोलीलाई सफलताको शुभकामना दिदै नेपाल गोजुरियो कराते संघ तथा एसियाली गोजुरियो कराते महासंघका महासचिव विआर मित्रले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । टोली कतार एयरवेजबाट राती ८ बजे उड्ने कार्यक्रम रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस