काठमाडौँ- साफ च्याम्पियनसिप-२०२१ मा नेपालले विजय सुरुवात गरेको छ । शुक्रबार राति भएको पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले हराउँदै वियज सुरुवात गरेको हो ।
खेलको ८६ औं मिनेटमा मनिष डाँगीले गरेको गोल नेपालका लागि निर्णायक बनेको थियो । मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा भएको खेलमा दोस्रो हाफमा मनिष नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए । जितसँगै नेपालले तीन अंक जोडेको छ ।
प्रतियोगितामा बंगलादेशले पनि तीन अंक जोडेको छ । उसले शुक्रबार नै भएको खेलमा श्रीलंकालाई १–० ले नै पराजित गरेको थियो ।
साफ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई हराएको यो पहिलो पटक हो । दुई टोलीबीच साफमा अहिलेसम्म सातपटक भेट भइसकेको छ । जसमा माल्दिभ्सले पाँच खेलमा जित निकालेको छ भने दुई खेल बराबरीमा टुंगेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस