काठमाडौं-जर्मनीमा भएको चेम्निज ओपन कराते च्याम्पियनसिपमा नेपालले ४ स्वर्ण पदक जितेको छ । ४ स्वर्णका अलावाले नेपालले थप २ कांस्य पदक पनि जित्यो । प्रतियोगिता ३ नेपाली खेलाडीले सहभागिता जनाएकोमा सबैले दोहोरो पदक चुम्न सफल भए ।
मन्डेकाजी श्रेष्ठले दोहोरो स्वर्ण जिते । उनले पुरुष सिनियर एकल काता र ३० वर्षमाथि उमेरसमूहमा स्वर्ण जितेका हुन् । मन्डे १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता पनि हुन् ।
सागकै कांस्य विजेता मुकुन्द्र महर्जनले कुमुतेको पुरुष ७५ केजीमुनि कांस्य तथा ३० वर्षमाथि स्वर्ण जिते । त्यस्तै सुमन तिमल्सिनाले पुरुष सिनयर एकल कातामा कांस्य तथा आफ्नो उमेरसमूहमा स्वर्ण हात पार्न सफल भएको अफिसियल स्वच्छम् गुरुङले जनाएका छन् ।
अक्टोबर २ तारिखमा भएको प्रतियोगितामा जर्मन, पोल्यान्ड, अस्ट्रिया, अजरबैजान, इरान, नेदरल्यान्ड, स्पेन, बेल्जियमलगायतका राष्ट्रको सहभागिता रहेको बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस