काठमाडाै-साफ च्याम्पियनसिपको दोस्रो खेलमा सोमबार नेपालले श्रीलंकाको सामना गर्दैछ । मालेस्थित राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समयअनुसार रातको पौने १० बजे सुरु हुनेछ ।
नेपाल र श्रीलंकाबीच हुने खेलमा दुई यस्ता खेलाडी छन्, जसले पूरा समय मैदानमा आफ्नो प्रभाव छाड्न सक्छन् । न्युज कारखानाले तयार पारेको खेलको प्लेयर्स टु वाच ।
तेज तामाङ : नेपाल
होल्डिङ मिडफिल्डरमा होस् या अट्याक लाइनमा तेज तामाङले पाएको भूमिका सहजै निर्वाह गर्ने गर्छन् । उमेरले २३ मात्रै लागेका तेज नेपाली टोलीको मुख्य हतियार भइसकेका छन् ।
प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले तेजलाई आवश्यक्ताअनुसार होल्डिङ र आक्रमण दुवैको भूमिकामा खेलाउँदै आएका छन् । गत महिना भारतसँगको मैत्रीपूर्ण खेलमा तेजले बक्स बाहिरबाट गरेको गोलले खुवै चर्चा पायो । त्यो गोल नै तेजको राष्ट्रिय टोलीका लागि पहिलो गोल थियो ।
व्यावसायिक फुटबलमा विभागीय नेपाल पुलिस क्लबमा रहेका तेज एन्फा एकेडेमीका उत्पादन हुन् । उमेर समूहमा समेत तेजको भूमिका उस्तै रहने गर्दथ्यो । तेजले भारतविरुद्ध यू-१९ टोलीबाट गरेको गोलकै कारण नेपालले उपाधि हात पार्न सफल भएको थियो । होल्डिङ र अट्याकसँगै लामा प्रहार र आफ्नो बक्ससम्म आएर रक्षा गर्न सक्ने तेज पूरा श्रीलंकन टोलीका लागि टाउको दुखाईको विषय बन्न सक्छन् ।
डिलन डी सिल्भा : श्रीलंका
श्रीलंकन टोलीबाट १० नम्बर लगाएर खेल्ने खेलाडी हुन् डिलोन डी सिल्भा । युवा खेलाडी डी सिल्भाले साफको पहिलो खेलमा बंगलादेशविरुद्ध ६२ मिनेटमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका थिए ।
यी १९ वर्षीय श्रीलंकन अट्याकिङ मिडफिल्डर युरोपेली क्लबबाट व्यावसायिक फुटबल खेल्ने गर्छन् । हाल डी सिल्भा क्विन्स पार्क रेन्जर्स (क्विपीआर) को यू-२३ टोलीबाट खेल्दै आएका छन् । क्विपीआरमा भने सिल्भाले विंगरको भूमिका निर्वाह गर्छन् ।
पहिलो खेलमा बंगलादेशविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गरे पनि सिल्भाले आफ्नो प्रभाव जमाएका थिए । इंग्लिस क्लब टोटनहमको उमेर समूहबाट समेत खेलिसकेका डी सिल्भा मिडलाइनमा आफ्नो भूमिका सहजै निभाएर अट्याक लाइनमा नेपाली डिफेन्डरका लागि भारी पर्न सक्छन् । नेपालविरुद्धको खेल डी सिल्भाका लागि राष्ट्रिय टोलीबाट चौथो खेल हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस