काठमाडौं-एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा आज बुधबार दुई खेल हुँदैछन् । बुधबार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा प्लेअफ अन्तर्गतका क्वालिफायर र एलिमिनेटर खेल हुनेछन् ।
चितवन टाइगर्स र पोखरा राइनोजबीच फाइनल प्रवेशका लागि पहिलो प्रतिस्पर्धा हुनेछ । खेल बिहान साढे ९ बजेका लागि तय भएकाे छ ।
सोमपाल कामीको कप्तानीमा रहेको चितवन शीर्ष स्थानमा रहँदै क्वालिफायर पुगेको हो । विनोद भण्डारीको कप्तानीमा रहेको पोखराले दोस्रो स्थानमा रहेको थियो ।
पराजित हुने टोलीले दोस्रो क्वालिफायरको मौका पाउने छ । दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग खेल्नेछ ।
बुधबार एलिमिनेटरमा काठमाडौं किङ्स-११ र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसाे साढे १ बजे सुरु हुनेछ । शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा तेस्रो र सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंले चाैथाे स्थानमा रहँदै एलिमिनेटर खेल्न लागेको हुन ।
प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । उपविजेताले १५ लाख पाउने आयाेजकले जानकारी दिएकाे छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस