काठमाडौं-इटाली सिरी ए क्लब एटलान्टाको उमेर समूहबाट खेलिसकेका विकास मेरेग्लिया आगामी ए डिभिजन लिग खेल्ने नेपाल आइपुगेका छन् ।
एटलान्टाको युवा टोलीबाट नियमित खेलिरहेका विकाल २९ कात्तिकबाट सुरु हुने ए डिभिजन लिग खेल्न मंगलबार राति नेपाल आइपुगेका हुन् ।
नेपालमा जन्मेर इटाली पुगेका विकास स्थानीय क्लबहरू हुँदै एटालान्टाबाट खेलेका हुन् । विकासले इटालीको यू-१७ टोलीबाट समेत खेलिसकेका छन् ।
मंगलबार राति नेपाल झरेपछि विकासले आफू १३ वर्षपछि नेपाल फर्किएको र त्यसका लागि सम्पूर्ण शुभेच्छुकलाई धन्यवाद दिएका छन् ।
‘म १३ वर्षपछि नेपाल फर्किएको छु’ विकासले सामाजिक सञ्जालमा लेखेका छन् । विकासले आफू नेपाल आए पनि ए डिभिजन लिग खेल्ने र नखेल्ने जनाएका छैनन् । स्रोतका अनुसार उनले आगामी ए डिभिजन लिग खेल्नेछन् । त्यसबारे उनले चाँडै पत्रकार सम्मेलन गरेर सर्वाजनिक गर्ने भएका छन् ।
विकासले ललितपुरको च्यासल युथ क्लबबाट खेल्ने निकट स्रोतले जनाएको छ । इटालीमा रहेर व्यावसायिक फुटबल खेलिरहेका विकाशले इटालीको यू-१७ टोलीबाट खेलिसकेका छन् । १८ वर्षीय विकास विशेष लेफ्ट विंगर हुन् । यद्यपि उनी राइट विंगर र सेन्टर स्ट्राइकरसमेत खेल्न सक्छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस