काठमाडौं-भारतले आईसीसी टी-ट्वान्टी विश्वकपअघिको अभ्यास खेलमा अस्ट्रेलियालाई ९ विकेटले पराजित गरेको छ ।
बुधबार भएको खेलमा कप्तान रोहितको उत्कृष्ट पालीमा भारतले अस्ट्रेलियामाथी सहज जीत निकालेको हो ।
जीतका लागि १५३ रनको विजयी लक्ष्य पछ्याएको भारतले १७.५ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
भारतका कप्तान रोहित शर्माले ६० रन बनाए । यस्तै, ओपनर लोकेश राहुलले ३९ बनाए ।
यसअघि दुबईमा टस जितेर पहिला ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५२ रन बनाएको थियो ।
अस्ट्रेलियाका स्टिभ स्मिथले सर्वाधिक ५७ रन बनाए । यस्तै, मार्कस स्टोइनिस ४१ रनमा अविजित रहे ।
भारतका स्पिनर रविचन्द्रन आश्विनले २ विकेट लिए । राहुल चाहर, भुवनेश्वर कुमार र रवीन्द्र जडेजाले १-१ विकेट लिए ।
भारत सुपर १२ को समूह ‘बी’ र अस्ट्रेलिया समूह ‘ए’मा छन् । विश्वकपमा अस्ट्रेलियाले शनिबार दक्षिण अफ्रिकासँग खेल्दै सुरुवात गर्नेछ । भारतले विश्वकपमा आइतबार पाकिस्तानसँग पहिलो खेल खेल्नेछ ।
समूह ‘बी’मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ‘बी’को विजेता र समूह ‘ए’को उपविजेता रहनेछन् । शीर्ष दुई-दुई टोली सेमिफाइनलमा पुग्नेछन् । पहिलो चरणका खेलहरू सकिएपछि सुपर १२ का खेलहरू हुनेछन् । विश्वकपको फाइनल १४ नोभेम्बरमा हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस