काठमाडौं-झापाको कनकाई नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट खेलमा ललितपुरको गोदावरी नगरपालिकाविरुद्ध एक दर्जन गोलसहित विजयी सुरुआत गरेको छ ।
बिहीबार सुरु भएको प्रतियोगिताको दोस्रो खेलमा कनकाई नगरपालिकाले गोदावरी नगरपालिकालाई १२–० गोल अन्तरले पराजित गरेको हो ।
कनकाईको जितमा कुशुम खतिवडाले ह्याट्रिकसहित ६ गोल गरिन् भने कप्तान लक्ष्मी श्रेष्ठले पनि ह्याट्रिकसहित ४ गोल गरिन् । यस्तै इमा राई र मनिता तुम्रुकले एक/एक गोल गरे ।
राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षणमासमेत परेकी युवा स्ट्राइकर कुशुमले खेलको १९, ६०, ७२, ८०, ८५ र ९० मिनेट तथा थपिएको १ मिनेटमा गोल गरिन् ।
यता, कप्तान लक्ष्मीले खेलको १६, २५, ४५ मिनेट पछि थपिएको १ मिनेट र ४८ मिनेटमा गोल गरिन् । यस्तै मनिताले ५६ मिनेटमा गोल गर्दा इमाले ६३ मिनेटमा गोल गरेकी थिइन् ।
खेलको प्लेयर अफ दि म्याच कन्काईकी दिपा शाही घोषित भइन् ।
जितसँगै समूह ए मा कनकाईले महत्वपूर्ण तीन अंक जोड्दै शीर्षस्थानमा रहेको छ । समान तीन अंक भए पनि कनकाईले सर्लाहीको बागमती नगरपालिकालाई गोल अन्तरमा पछि पारेको हो ।
आज नै भएको प्रतियोगिताको उद्घाटन खेलमा बागमतीले ललितपुरको महालक्ष्मी नगरपालिकालाई ९–० गोल अन्तरले पराजित गरेको थियो ।
बागमतीको जितमा राष्ट्रिय टोलीकी स्ट्राइकर रश्मी कुमारी घिसिङले ह्याट्रिकसहित ५ गोल गरिन् । यस्तै राष्ट्रिय टोलीकी कप्तानसमेत रहेकी रेणुका नगरकोटेले दुई गोल गर्दा बागमती नगरपालिकाकी कप्तान अनु राई र सुदिपा भोलोनले समान १-१ गोल गरे ।
प्रतियोगितामा सहभागी ३१ टोलीलाई १० समूहमा विभाजन गरिएको छ । समूह ए मा चार र अन्य समूहमा तीन टोली रहेका छन् । समूहका विजेता ‘नक आउट’ चरणमा प्रवेश गर्नेछन् ।
दिनमा ३ खेल आयोजना हुँदा समूह चरणको खेल १५ कात्तिकसम्म हुनेछ । २२ गतेबाट प्रतियोगिताको नक आउट खेल हुँदा फाइनल खेल २८ कात्तिकमा हुनेछ ।
गत सिजन राष्ट्रिय लिगमा उत्कृष्ट प्रदर्शन गरेका तीन विभागीय (नेपाल पुलिस, आर्मी, एपीएफ) सहित चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाले प्रतियोगितामा ‘बाई’ पाएका छन् ।
फाइनल पुग्ने दुई क्लब छनोट भएसँगै अर्को राष्ट्रिय लिग खेल्ने टोली आठ पुग्नेछन् । यसपटक छनोट खेलमा प्रत्येक टोलीले चार विभागीय खेलाडी खेलाउन पाउने प्रावधान छ ।
उपमेयर कपको विजेताले पाँच लाख र दोस्रो हुने टोलीले तीन लाख पाउनेछ । फेयर प्ले टिमले नगद ५० हजार पाउनेछ ।
यता, विधागततर्फ उत्कष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २० हजार प्राप्त गर्दा एक सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछ । यस्तै प्रत्येक खेलको वुमेन्स अफ दि म्याचले पाँच हजार रुपैयाँ पाउनेछन् ।
राष्ट्रिय महिला लिगको साविक विजेता एपीएफ क्लब हो । डबल राउन्ड रोबिनको आधारमा भएको लिगमा एपीएफले दोस्रो स्थानको आर्मीभन्दा १० अंकको अग्रतासहित उपाधि हात पारेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस