काठमाडौं-झापाको कनकाइ नगरपालिका र सर्लाहीको बागमती नगरपालिकाबीच उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको समूह ‘ए’ विजेताको लागि प्रतिस्पर्धा हुँदैछ । ।
सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने दिनको दोस्रो खेलमा दुई टोलीबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल मध्यान्ह १२ बजे हुनेछ ।
समूह ‘ए’ मा दुवै टोलीले दुई खेलबाट समान ६ अंक जोडेका छन् । यो खेलको विजेता समूह विजेता बन्दै नकआउट चरणमा पुग्नेछ । यदि बराबरीले भने गोल अन्तरका आधारमा कनकाई नकआउट चरणमा स्थान बनाउनेछ ।
दिनको पहिलो खेलमा बिहान ९ बजेपछि महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिका आमुनेसामुने हुनेछन् । दुई टोलीबीच प्रतिष्ठाको लडाइँ हुनेछ । दुवै टोली अंकविहीन रहँदै समूह चरणबाट यसअघि नै बाहिरिसकेका छन् । त्यसैले दुबै टोली पहिलो जितको खोजीमा हुनेछन् ।
अन्तिम खेलमा दिउँसो ३ बजे समूह ‘बी’ अन्तर्गत कालिका नगरपालिका र ललितपुर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । यस खेलको विजेताले समूह विजेता बन्दै नकआउट चरणमा स्थान पक्का गर्नेछ ।
कालिका र ललितपुर नगरपालिकाले एक खेलबाट समान ३ अंक जोडेका छन् र समान १० गोल पनि रहेको छ । यस समूहबाट कागेश्वरी नगरपालिका दुई खेलमा अंकविहीन रहँदै समूह चरणबाट बाहिरिसकेको छ ।
यसअघि समूह ‘डी’ अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका र समूह ‘सी’ अन्तर्गत बर्दियाको बाँसगढी नगरपालिकाले शतप्रतिशत जितसहित नकआउट चरणमा स्थान सुरक्षित गरिसकेका छन् ।
उपमेयर कपको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् । प्रतियोगितामा सहभागी ३१ टोलीलाई १० समूहमा विभाजन गरिएको छ । यस्तै प्रतियोगिताको विजेताले पाँच लाख रुपैंया र उपविजेताले तीन लाख रुपैंया प्राप्त गर्नेछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस