काठमाडौं-नेपाल जुडो संघले विभिन्न कार्यक्रम गरी विश्व जुडो दिवस बिहीबार मनाएको छ ।
अक्टोबर २८ तारिखका दिन अन्तर्राष्ट्रिय जुडो महासंघ (आईएसजेएफ) मा आबद्ध करिब २ सय ५ देशमा कार्यक्रम गरी विश्व जुडो दिवस मनाउने प्रचलन रहेको जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाएका छन् ।
सोही क्रममा जुडो संघले नयाँ बजारको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) कार्यक्रम आयोजना गरेको हो । त्यस अवसरमा एमएमएसी, बन्दी सहायता गृह (पाम) र नेपाली सेनाको क्लोज प्रोटेक्सनका खेलाडीहरुले प्रदर्शनी खेल प्रस्तुत गरेका थिए ।
जुडो आबद्ध विभिन्न जिल्ला र क्लबलाई पनि कार्यक्रम आयोजना गरी विश्व जुडो दिवस मनाउन जानकारी गराइएको महासचिव श्रेष्ठले जानकारी गराए । जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य भने जुडोकै कार्यक्रमको सिलसिलामा पोर्चुगलमा रहेकाले कार्यक्रममा उपस्थित थिएनन् । उनी आजै स्वदेश फर्किने बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस