काठमाडौं-आईसीसी टी-२० विश्वकपमा अफगानिस्तानका स्पिनर राशिद खानले शुक्रबार पाकिस्तानविरुद्धको खेलमा कीर्तिमान बनाएका छन्। उनी टी-२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो एक सय विकेट लिने बलर बनेका हुन्।
अफगानिस्तानका स्पिनर खानले श्रीलंकाका पूर्व लिजेन्ड लसिथ मालिंगाको कीर्तिमान तोडेका हुन्। राशिदले शुक्रबार पाकिस्तानविरुद्ध पहिलो विकेट लिएसँगै यो विश्व कीर्तिमान बनाएका हुन्। योसँगै एकदिवसीय र टी-२० दुवैमा सबैभन्दा छिटो विकेटको शतक बनाउने कीर्तिमान उनले आफ्नो नाममा लेखाएका छन्।
पाकिस्तान र अफगानिस्तानबीचको आईसीसी टी-२० विश्वकपको २४औँ खेल महत्वपूर्ण मानिएको थियो। बलिङमा अद्भूत रहेको अफगान टोलीका कप्तान मोहम्मद नाबीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए। खराब सुरुवातपछि पनि टिमले २० ओभरमा ६ विकेट गुमाएर एक सय ४७ रन बनाएको थियो।
लक्ष्य पछ्याउँदै पाकिस्तानका लागि दुई महत्वपूर्ण विकेट लिएर राशिदले आफ्नो विकेटको संख्या एक सय नाघेका थिए। पाकिस्तानविरुद्धको खेलमा प्रवेश गर्नुअघि ९९ टी-२० अन्तर्राष्ट्रिय विकेट लिने रासिशद सबैभन्दा छिटो यो स्थान हासिल गर्ने खेलाडी बनेका हुन्।
एक सय विकेटको रूपमा हाफिज आउट
राशिदले पाकिस्तानको इनिङ्सको १५औं ओभरको पहिलो बलमा आफ्नो एक सय औं टी-२० विकेट लिएका थिए। उनले १४ दशमलव १ बलमा १० रन बनाएर मोहम्मद हफिजलाई गुलबदिन नाइबको हातमा क्याच आउट गरे।
यसपछि उनले अर्धशतक बनाएर ब्याटिङ गरिरहेका कप्तान बाबर आजमलाई क्लिन-बोल्ड गरे। उनी ४७ बलमा ५१ रन बनाएर फर्किए।
सबैभन्दा छिटो एक सय टी-२० अन्तर्राष्ट्रिय विकेट
मालिंगाले ७६ खेल खेलेर टी-२० अन्तर्राष्ट्रियमा एक सय विकेट पूरा गरे भने राशिदले ५३ खेल खेलेर यो उपलब्धि हासिल गरेका छन्। बंगलादेशका शकिब अल हसनले ८४ खेलमा यो स्थान हासिल गरेका थिए।
न्युजिल्यान्डका टिम साउथीले पनि सोही खेलमा एक सय टी-२० अन्तर्राष्ट्रिय विकेट पूरा गरेका थिए। राशिदले यस फर्म्याटमा ४४ ओडीआई खेलेर आफ्नो एक सय विकेट पूरा गरेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस