एजेन्सी – केएल राहुल भारतीय टी–२० टीमको कप्तान बन्ने भएका छन् । भारतीय सञ्चार माध्यमहरूले राहुल टि–२० को कप्तान बन्ने र विराट कोहली टि–२० विश्वकपपछि कप्तान छोड्न समाचार दिइरहेका छन् ।
एएनआइले दिएको समाचार अनुसार रोहितले शर्मा पनि केही समय आराम गर्ने छन् । यहीँ बीचमा केएल राहुल कप्तानी सम्हाल्ने दौडमा रहेको एएनआइले जनाएको छ । अहिले रोहित शर्मा टि–२० टोलीको कप्तानीमा सबैभन्दा अगाडि छन्, तर उनलाई पनि टि–२० विश्वकपपछि विश्राम दिइनेछ । राहुलले अष्ट्रेलियामा टि–२० र एकदिवसीय भ्रमणका क्रममा उपकप्तानको जिम्मेवारी राम्ररी निभाएकाले उनलाई कप्तान बनाउन लागिएको हो । ‘सिनियर खेलाडीहरूलाई आराम चाहिन्छ र यो कुनै गोप्य कुरा होइन । राहुल टीमको टि–२० प्रारूपको अभिन्न अंग हो । उसले नेतृत्व गर्न लगभग निश्चित छ,’ स्रोतले भन्यो ।
२०२१ को टि–२० विश्वकपपछि न्युजिल्यान्डले भारत भ्रमण गर्दैछ । जहाँ, दुई देशबीच तीन खेलको टि–२० अन्तर्राष्ट्रिय श्रृङ्खला र त्यसपछि दुई खेलको टेष्ट सिरिज हुनेछ । टि–२० सिरिजमा विराट कोहली, रोहित शर्मा, जसप्रित बुमराह र मोहम्मद शामीलगायत खेलाडीलाई विश्राम दिइनेछ ।
भारत र न्यूजिल्याण्डबीचको पहिलो खेल जयपुरमा १७ नोभेम्बरबाट सुरु हुँदैछ । दोस्रो खेल १९ नोभेम्बरमा राँचीमा हुनेछ भने तेस्रो र अन्तिम खेल २१ नोभेम्बरमा कोलकातामा हुनेछ । त्यस्तै, पहिलो टेस्ट २५ देखि २९ नोभेम्बरसम्म कानपुरमा र दोस्रो टेस्ट ३ देखि ७ डिसेम्बरसम्म मुम्बइमा खेलिनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस