काठमाडौं- ब्राजिलले कतार फिफा विश्वकपमा स्थान पक्का गरेको छ । शुक्रबार बिहान भएको खेलमा कोलम्वियालाई १-० गोल अन्तरले पराजित गर्दै ब्राजिल दक्षिण अमेरिकी छनोटमा शीर्ष स्थानमा ९ अंकको अग्रता बनाउँदै विश्वकपमा छनोट भएको हो ।
१२ खेलमा ११ जित र १ बराबर खेलेको ब्राजिल ३४ अंक बनाएर ६ खेल बाँकी रहँदै विश्वकपमा स्थान पक्का गरेको हो ।
घरेलु मैदानमा ब्राजिललाई जिताउन लुकास पाक्वेटाले खेलको ७२ मिनेटमा निर्णायक गोल गरे । अर्को खेलमा इक्वेडरले भेनेजुएलालाई तथा चिलीले पाराग्वेलाई १-० ले पराजित गरेका छन् ।
जितसँगै अपराजित ब्राजिलको शीर्ष स्थानमा छ । ११ खेलमा २५ अंक बनाएको अर्जेन्टिना दोस्रो स्थानमा छ ।
ईक्वेडर २० अंक सहित तेस्रो स्थानमा रहँदा समान १६ अंक बनाएका चिली, कोलम्बिया र उरुग्वे गोल अन्तरका आधारमा चौथो, पाँचौं र छैटौं स्थानमा छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस