काठमाडौं-विश्व विजेता फ्रान्स र बेल्जियम कतार विश्वकपमा लागि छनोट भएका छन् । शनिबार भएको फरक खेलमा विजयी हुँदै सन् २०१८ को विश्वविजेता फ्रान्स र बेल्जियम सन् २०२२ कतार विश्वकपका लागि छनोट भएका हुन् ।
समूह ‘डी’ को खेलमा युवा अट्याकर केलियन एम्बाप्पेको ह्याट्रिक मद्धतमा फ्रान्सले काजखस्तालाई ८-० को भारी गोल अन्तरले पराजित गर्याे । एकोहोरो गोल गर्ने क्रममा फ्रान्सले पहिलो हाफमा ३ गोल गर्दा दोस्रो हाफमा थप ५ गोल गरेको थियो ।
फ्रान्सको जितमा केलिएन एम्बाप्पेले ४ गोल गरे । उनले खेलको ६, १२, ३२ र ८७ मिनेटमा गोल गरे । यस्तै करिम बेन्जेमाले २ गोल गरे । बेन्जेमाले खेलको ५५ र ५९ मिनेटमा गोल गरेका थिए ।
यस्तै एड्रियन रविओटले खेलको ७५ मिनेटमा गोलगर्दा एन्टोनियो ग्रिजम्यानले खेलको ८४ मिनेटमा पेनाल्टीमा गोल गरे ।
समूह ‘डी’कै अर्काे खेलमा फिनल्याण्डले बोस्निया हर्जगोभिनालाई ३–१ गोल अन्तरले पराजित गर्याे ।
सातौं चरणको खेल समाप्तीसँगै फ्रान्सले ४ जित, ३ बराबर खेल्दै १५ अंक बनाएर विश्वकपमा स्थान पक्का गरेको हो । समूह ‘डी’ मा ११ अंक बनाएको फिनल्याण्ड दोस्रो स्थानमा छ । ९ अंकको युक्रेन तेस्रो स्थानमा रहँदा ७ अंकको बोस्निया हर्जगोभिना चौथो स्थानमा छ भने काजखस्तान ३ अंकसहित पाँचौ स्थानमा छ ।
समूह ‘ई’ को खेलमा बेल्जियमले ५ अंकको अग्रता राख्दै विश्वकपमा छनोट भयो । शनिबार राति घरेलु मैदानमा बेल्जियमले इस्टोनियालाई ३–१ गोल अन्तरले पराजित गर्याे । पहिलो हाफमा १ गोल गरेको बेल्जियमले दोस्रो हाफमा २ गोल गर्दा १ गोल ब्यहोरेको थियो ।
बेल्जियमको जितमा क्रिष्टियन बेन्टेके, यान्निक कारास्को र थोर्गन हाजार्डले समान एक एक गोल गरे । इस्टोनियाको लागि एरिक सोर्गले सान्त्वना गोल गरे ।
समूह ‘ई’ कै अर्काे खेलमा वेल्सले बेलारुसलाई ५–१ गोल अन्तरले पराजित गर्याे । वेल्सलको जितमा आरोन राम्सेले दुई गोल गरे । यस्तै निको विलियम्स, बेन डेभियस र कनर रोबर्टस्ले एक एक गोल गरे । बेलारुसका अर्टम कोन्टनेभोजले एक सान्त्वना गोल गरे ।
जितसँगै समूह ‘ई’ बाट ७ खेलमा अपराजित रहँदै १९ अंक बनाएको बेल्जियम शीर्ष स्थानमा रहँदै विश्वकपमा स्थान बनाएको छ । १४ अंक बनाएको वेल्स दोस्रो स्थानमा रहँद चेक रिपब्लिक ११ अंकसहित तेस्रो स्थानमा छ भने एस्टोयिना चौथो स्थानमा रहँदा बेलारुस पाँचौ स्थानमा छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस