काठमाडौं-यही कार्तिक २९ देखि मंसिर ३ गतेसम्म हुन गइरहेको प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङ प्रतियोगिताको तयारी पूरा भएको छ ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुन गइरहेको तयारी पूरा भएको नेपाल बक्सिङ संघले जनाएको छ । पाँच दिनसम्म चल्ने उक्त प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने भएका छन् ।
महिलातर्फ ८ तौल समूहमा तथा पुरुषतर्फ १३ वटा तौल समूहमा गरी २१ स्वर्णपदकका लागि भिडन्त हुने सो प्रतियोगितामा देशभरका मुक्केबाजले सहभागीता जनाउने भएका छन् ।
क्लब र जिल्ला गरी ३२ टीमबाट अहिलेसम्म एक सय १५ खेलाडीले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । दर्ताको क्रम जारी रहेको संघले जनाएको छ । दर्ता गर्ने समय आइतबार साँझसम्म रहेको छ । विभागीय टिम भने दर्ता भएको छैन ।
दर्ता भएका खेलाडीहरुको तौल र मेडिकल जाँच कार्तिक २९ गते बिहान ६ देखि ८ बजेसम्म हुनेछ । प्रतियोगिता दिउँसो १ बजेबाट शुरु हुनेछ । प्रतियोगितालाई सफल पार्नका लागि विभिन्न समिति तथा उपसमितिहरु गठन गरिएको केन्द्रीय सदस्य तथा प्रचारप्रसार समिति संयोजक पुष्करराज पन्तले जनाएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस