काठमाडौं-स्पेन र क्रोयशिया सन् २०२२ मा कतारमा हुने फिफा विश्वपकमा स्थान पक्का गरेका छन् । आइतबार राति भएको विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटको खेलमा विजयी हुँदै सन् २०१० को विश्वविजेता स्पेन र क्रोयशिया कतार विश्वकपको लागि छनोट भएका हुन् ।
स्पेनले समूह ‘बी’ को खेलमा स्विडेनलाई १-० गोलले हरायो । स्पेनको जितमा अल्भारो मोराटाले खेलको ८६ मिनेटमा निर्णायक गोल गरे । स्पेन विश्वकपमा लगातार १२औँ पटक छनोट भएको हो ।
जितसँगै समूह ‘बी’ मा स्पेनले ८ खेलमा १९ अंक जोडेर शीर्ष स्थानमा छ । स्विडेन १५ अंक जोडेर दोस्रो स्थानमा छ । समूह ‘एच’ बाट शीर्षस्थानमा रहँदै क्रोयशिया विश्वकपमा स्थान बनाउन सफल भयो ।
आइतबार राति भएको खेलमा क्रोयशियाले रुसलाई १–० गोलले हराउँदै विश्वकपमा स्थान पक्का गरेको हो । रुसका डिफेन्डर फ्योडोर कुड्रयासोभले खेलको ८१औँ मिनेटमा आत्मघाती गोल गर्दा त्यसको फाइदा क्रोयशियालाई भएको हो ।
जितसँगै क्रोएसिया १० खेलमा २३ अंक बनाएर शीर्ष स्थानमा रहँदै विश्वकपमा स्थान बनायो । दोस्रो स्थानको रुसको १० खेलमा २२ अंक जोड्यो ।
रुसको प्ले अफबाट विश्वकपमा छनोट हुने सम्भावना छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस