काठमाडौँ – आईसिसी महिला टी-२० विश्वकपको एसिया छनोटमा भुटानले नेपाललाई ६२ रनको लक्ष्य प्रस्तुत गरेको छ । दुबईमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको भुटानले निर्धारित २० ओभर ६ विकेट गुमाउँदै ६१ रन बनाएको हो ।
भुटानका लागि गावाङ चोदेनले सर्वाधिक १३ रन बनाइन् । ३१ बल खेलेकी उनले एक चौका प्रहार गरेकी थिइन् । यस्तै सोनम पाल्दोमले ११ रन बनाउँदा अन्य खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन् ।
टस हारेर बलिङ गरेको नेपालका लागि सिता राना मगरले सर्वाधिक तीन विकेट लिइन् । चार ओभर बलिङ गरेकी सीताले १० रन खर्चिईन् । यस्तै करुणा भण्डारीले एक विकेट लिइन् ।
यसअघि मंगलबार भएको खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो । ६ टोली सहभागी प्रतियोगिताको विजेता ग्लोबल छनोटमा स्थान बनाउनेछ । ग्लोबल छनोटको दुई टोली विश्वकपमा स्थान बनाउने छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस