काठमाडौं-मुख्य प्रशिक्षक ओले गनर सोल्सायरलाई बर्खास्त गरेपछिको पहिलो खेलमै इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड विजयी हुँदै युईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थानमा पुगेकाे छ ।
मंगलबार राति भएको खेलमा युनाइटेडले स्पेनिस क्लब भिल्लारियलमाथि २-० को सहज जित निकाल्दै च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरेको हो ।
युनाइटेडको जितमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो र जाडोन सान्चोले १-१गोल गरे । खेलको ७८औँ मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाए । रोनाल्डोको यो ८०० औँ खेल हो ।
९० मिनेटपछि थपिएको समयमा जाडोन सान्चोले गोल गर्दै युनाइटेडको जित पक्का गरे । जितसँगै अन्तरिम प्रशिक्षक माइकल क्यारिकले पहिलो प्रशिक्षणमा युनाइटेडलाई जित दिलाउन सफल भए ।
समूह ‘एफ’ को अर्को खेलमा योङ ब्वाइज र एटलान्टाले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । समूहमा एक खेल बाँकी रहँदा युनाइटेड ५ खेलबाट १० अंक बनाएर शीर्ष स्थानमा छ । पराजित भिल्लारियलसँग ७ अंक छ । एटलान्टाको ६ तथा योङ ब्वाइजको ४ अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।
युनाइटेड नकआउट चरणमा स्थान बनाउँदा भिल्लारियल र एटलान्टालाई अर्काे चरणमा प्रवेश गर्ने मौका रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस