काठमाडौँ – चेतन घिमिरे नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी ‘फोर नेसन्स फुटबल प्रतियोगिता’को लागि युवा प्रशिक्षक चेतन घिमिरेलाई टोलीको जिम्मेवारी दिएको हो ।
एएफसी ए लाइसेन्स प्राप्त ३३ वर्षीय प्रशिक्षक चेतन यसअघि महिला टोलीको सहायक प्रशिक्षकको रूपमा रहेका थिए । महिला टोलीको मुख्य प्रशिक्षक ग्यारी फिलिप्सको अनुपस्थितिमा पूर्व खेलाडी चेतनले राष्ट्रिय टोली हेर्ने जिम्मा पाएका हुन् ।
एन्फा टेक्निकल डाइरेक्टर (प्राविधिक निर्देशक) समेत रहेका अस्ट्रेलियन नागरिक ग्यारी हाल एन्फाको प्राविधिक क्षेत्रको कार्यमा व्यस्त छन् । मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिएपछि एन्फाले ग्यारीलाई महिला टोलीको प्रशिक्षकमा नियुक्त गरेको थियो ।
ग्यारीले साउनमा दशरथ रंगशालामा बंगलोदशविरुद्ध भएको दुई मैत्रीपूर्ण खेल र एएफसी महिला एसियन कप छनोटमा नेपाली टोली हेरेका थिए ।
एन्फाका महासचिव इन्द्रमान तुलाधरले मुख्य प्रशिक्षक ग्यारी प्राविधिक क्षेत्रमा व्यस्त रहेका कारण चेतनलाई महिला टोली हेर्न दिने सम्भावना रहेको बताए । ‘डिसेम्बरसम्म मुख्य प्रशिक्षक ग्यारी प्राविधिक क्षेत्रमा व्यस्त छन् । यस अघि टोली हेरेका चेतनलाई जिम्मेवारी दिने सम्भावना छ,’ तुलाधर भन्छन् ।
एन्फा स्रोतका अनुसार चेतनले विगत तीन दिनदेखि टोलीको नियमित प्रशिक्षण हेरिरहेका छन् । २६ खेलाडी समेटेर चेतनले सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा टोलीलाई दैनिकी प्रशिक्षण गराइरहेको छन् ।
४ देशको सहभागिता रहने प्रतियोगिता २३ मंसिरबाट पुस ६ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपाल सहित आयोजक भारत र थाइल्याण्डको टुंगो लागेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस