काठमाडौं- कप्तान देव खनाल र विशाल बिक्रम केसीको अर्धसतककाे मद्दतमा लुम्बिनी प्रदेशले यू-१९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई २१३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ निम्तो पाएको लुम्बिनी प्रदेशले कप्तान देव खनाल र विशालबिक्रम केसीको अर्धसतकीय इनिङसँगै निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २१२ रन बनाएको हो ।
मध्यम स्कोर बनाउने क्रममा लुम्बिनीको लागि कप्तान देवले ७० रन बनाए । ९५ बल खेलेका देवले ५ चौका र ४ छक्का प्रहार गरेका थिए । विशालबिक्रम केसीले ५१ रन बनाए । विशालले ६९ बल खेल्दै ४ चौका र २ छक्का हिर्काए । यस्तै, दुर्गेश गुप्ताले ३२ रन बनाउँदा विकेट किपर प्रज्वल थापाले २४ रनको योगदान दिए ।
यता, टस जितेर फिल्डिङ गरेको सुदूरपश्चिमका लागि आकाश चन्दले सर्वाधिक ३ विकेट लिए । शेर मल्ल र हेमन्त धामीले समान २ विकेट लिँदा नरेन साउद र राहुल भण्डारीले समान १ विकेट हात पारे ।
यस प्रतियोगिताबाट छनोट भएका खेलाडीले एसीसी यू-१९ पुरुष एसिया कप क्रिकेट खेल्ने छन् । खेल संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस