काठमाडौँ – मयंक अग्रवालको उत्कृष्ट इनिङसँगै न्युजिल्याण्ड विरुद्धको दोस्रो टेष्टमा घरेलु टोली भारतले प्रभावशाली जित निकालेको छ । मुम्बईमा सोमबार सम्पन्न दोस्रो टेष्टमा ३७२ रनकाे जितेसँगै भारतले सिरिजमा १-० को अग्रता बनाएको छ । यस अघिको टेष्ट भने बराबरी भएकाे थियाे ।
दोस्रो इनिङमा ५४० रनको विशाल लक्ष्य पाएको न्युजिल्याण्ड ५६ ओभर तीन बलमा १६७ रनमा अलआउट भएको थियो । न्युजिल्याण्डका लागि ड्यारी मिचेलले सर्वाधिक ६० रन बनाएका थिए । यस्तै, विकेट किपर हेनरी निकोलासले ४४ रन र विल योङले २० रनको योगदान गरे ।
यता, भारतीय बलर रविचन्द्रन आश्विन र जय यादवले समान ४ विकेट लिए । आश्विनले २२ ओभर ३ बल गर्दै ९ मेडनसहित ३४ रन खर्चिए भने यादवले १४ ओभरमा ४ मेडनसहित ४९ रन खर्च गरे । अक्षर पटेलले १ विकेट लिए ।
यस अघि पहिलो इनिङमा भारतले १०९ ओभर ५ बल खेल्दै ३२५ रन बनाएको थियो । भारतका मयंक अग्रवालले सर्वाधिक १५० रन बनाए । यस्तै, अक्षर पटेलले ५२ रन बनाउँदा शुभमान गिलले ४४ रनको योगदान गरे ।
न्युजिल्याण्डका बलर अजाज पटेल एक्लैले १० विकेट लिएका थिए । ४७ ओभर ५ बल बलिङ गरेका पटेलले १२ मेडन राख्दै ११९ रन खर्चिएर दुर्लभ कीर्तिमान बनाएका थिए । पहिलो इनिङमा न्युजिल्याण्ड ६२ रनमा समेटियो । २८ ओभर १ बलमा अलआउट हुनुअघि न्युजिल्याण्डका केली जामिसनले १७ र कप्तान टम लाथम १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।
भारतका रवि चन्द्रन आश्विनले ४ विकेट लिँदा मोहम्मेद सिराजले ३ विकेट लिए । अक्षर पटेल र जयन्त यादवले एक विकेट लिए ।
दोस्रो इनिङमा भारतले ७० ओभर खेल्दै २७६ रन बनायो । मयंक अग्रवालले सर्वाधिक ६२ रन बनाउँदा चेतेश्वर पूजारा र शुभमन गिलले समान ४७ रनको योगदान गरे । कप्तान विराट कोहलीले ३७ रन जोड्दा अक्षर पटल ४१ रनमा अविजित रहे ।
दोस्रो इनिङमा समेत न्युजिल्याण्डका अजाज पटेलले चार विकेट हात पारे । यस्तै रचिम रविन्द्रले तीन विकेट लिए ।
दोस्रो टेष्टको प्लेयर अफ दि म्याच भारतका मयंक अग्रवाल घोषित भए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस