काठमाडौं- जेराद ब्रान्थवेटले गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा चेल्सी बराबरीमा रोकिएको छ । १७औँ चरण अन्तर्गत बिहीबार राति भएको एभर्टनसँगको खेलमा चेल्सी १–१ गोल अन्तरमा रोकिँदै अंक बाँडन बाध्य भएको हो ।
स्टामफोर्ड ब्रिजमा पहिलो हाफमा कुनै गोल हुन सकेन । दोस्रो हाफमा घरेलु टोली चेल्सीले अग्रता बनायो । मासन माउन्टले ७०औँ मिनेटमा गोल गरे । तर त्यसको ४ मिनेटमै ब्रान्थवेटले गोल फर्काएपछि चेल्सी रोकिएको हो ।
बाँकी समय दुबै टोलीले गोलको अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । चेल्सीले प्रिमियर लिगमा पछिल्लो ३ खेलबाट ५ अंक गुमाएको छ ।
बराबरीसँगै चेल्सी उपाधि होल्डमा ४ अंकले पछि परेको छ । चेल्सीको १७ खेलबाट ३७ अंक सहित तेस्राँे स्थानमा छ । यता, एभर्टन समान खेलबाट १९ अंक सहित १४ औं स्थानमा छ ।
गय राति नै भएको खेलमा न्युक्यासल युनाईटेडलाई एक गोलले पछि परेको स्थितीमा ३ गोल गर्दै लिभरपुलले जित निकालेको छ । जितसँगै लिभरपुल १७ खेलबाट ४० अंक बनाएर दोस्रो स्थानमा छ ।
समान खेलबाट ४१ अंक बनाएको म्यानचेष्टर सिटी शीर्ष स्थानमा छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस