काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत एएफसी छनोटको रुपमा हेरिएको मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबबीचको ‘महाभिडन्त खेल’ फिफा रेफ्री प्रज्वल क्षेत्रीले खेलाउने भएका हुन् ।
शनिबार तय दोस्रो खेलमा युवा फिफा रेफ्री प्रज्वल क्षेत्री रेफ्रीको भूमिकामा रहँदा सहायक रेफ्रीमा फिफा नानिराम थापा र शुक्र तामाङ रहने छन् । यस्तै फोर्थ रेफ्रीमा कबिन ब्यन्जनकार रहने रेफ्री स्रोतले न्युज कारखानालाई बतायो ।
यसअघि रेफ्री बिभागले तुफान कुमार लिम्बुलाई सहायक रेफ्रीको भूमिका दिए पनि उनको नाम काटेर अन्तिममा नानीरामलाई जिम्मेवारी दिइएको हो । धनकुटाका तुफानले पहिलो पटक पोखरामा नेपाल पुलिस र मनाङको खेल खेलाउदै शीर्ष डिभिजनमा डेब्यू गरेका थिए ।
प्रज्वल र कबिन फिफा रेफ्री हुन् भने नानीराम फिफा सहायक रेफ्री हुन् । यता शुक्र भने ए श्रेणीका राष्ट्रिय सहायक रेफ्री हुन् । पछिल्लो समय क्लबहरुले बिना अनुभव रेफ्रीलाई खेल खेलाउन दिँदा खेलनै बिग्रिएको भन्दै गुनासो गरेका थिए । जसमा एन्फा विभाग सतर्क रह्यो ।
यसपटक लिग जारी रहँदा एएफसी क्लब लाइसेन्स हुने टोली सातौं चरणमा शीर्ष स्थानमा रहदा एएफसी प्रतियोगितामा छनोट हुने पक्का छ ।
जारी लिगमा मछिन्द्रलाई २ अंकले पछि पार्दै मनाङ शीर्ष स्थानमा छ । साझ हुने पौने ५ बजेको खेलमा भिड्दै छन् मनाङ र मछिन्द्र । दुबै टोलीको लक्ष्य खेल जित्दै तीन अंक जोड्ने हुनेछ ।
आजको जितले मनाङ शीर्षस्थानमा रहँदै एएफसी कपमा छनोट हुनेछ । यदि मछिन्द्रले जिते सातौं चरणको खेलले छनोट पुग्ने टोलीको निर्णय गर्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस