काठमाडौं- सी डिभिजन छनोटको तयारीमा रहेको विराट सांग्रिला स्पोर्टिङ क्लब, विराटनगरको अध्यक्षमा रुपेश अधिकारी पुनः चुनिएका छन् । शनिबार सम्पन्न साधारणसभाले आगामी कार्यकालको लागि पनि रुपेशको नेतृत्वमा २१ सदस्यीय कार्य समिति चयन गरेको हो ।
यस्तै, महासचिवमा माधव भट्टराई , सचिवमा काशीराज पराजुली र कोषाध्यक्षमा दीपेन्द्र थापा मगर निर्वाचित भएका छन् । साधारणसभाले आगामी सी डिभिजन लिग खेल्ने र आर्थिक बर्ष २०७८–७९ का लागि २४ लाख ४५ हजार अनुमानित बजेट पारित गरेको छ । क्लबले यस पटक हुने मोरङ जिल्ला लिग समेत खेल्ने निर्णय गरेको छ ।
गत सिजन सी डिभिजन छनोटबाट बञ्चित भएको क्लबले सल्लाहकार समितिमा पर्शुराम बस्नेतको संयोजकत्वमा अरुण राठी, विकास चौधरी, नवीन धिमिरे, अनन्तराज थापा र भोला सिलवाललाई चयन गरेको छ ।
साधारणसभाको प्रमुख अतिथिका रुपमा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली रहेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस