काठमाडौँ – फ्रेन्ड्स क्लबका रोनेल एन्थोनी पाउलको आत्मघाति गोल उपहारमा मच्छिन्द्रले सहिद स्मारक ए डिभिजन लिगमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगलशालामा सम्पन्न पहिलो खेलमा मच्छिन्द्रले फ्रेन्ड्सलाई १–० ले हराएको हो ।
६७औँ मिनेटमा फ्रेन्ड्सका एन्थोनी पाउलले क्लियर गर्न खोजेको हेडरले पोस्टको दिशा लिँदा मच्छिन्द्रले अग्रता लिएको थियो । आठ खेल खेलेको मच्छिन्द्र २० अंकसहित शीर्ष स्थानमा छ । मनाङ मस्र्याङ्दी १६ अंकका साथ दोस्रो स्थानमा छ । मनाङले पोखरा रंगशालामा च्यासल युथ क्लबको सामना गरिरहेको छ ।
पहिलो हाफको खेल सकिँदा मनाङले २–० को अग्रता बनाएको छ । यस खेलमा मनाङले जितेमा मच्छिन्द्रसँगको दुरी एक अंकमा झर्नेछ । संकटा क्लब १४ अंक बटुल्दै दोस्रो स्थानमा छ ।
मच्छिन्द्रसँगको हारले फ्रेन्ड्समाथि रेलिगेशनको दबाब थपिएको छ । आठ खेलमा मात्र तीन अंक बटुलेको फ्रेन्डस अन्तिम स्थानमा छ भने १३औँ स्थानको च्यासलको पाँच अंक छ ।
यसअघि दुबै टोलीले खेलमा केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । यसअघि नवाँै मिनेटमा सुनील बलको कर्नरमा अभिषेक रिजालले गरेको हेडर पोस्टमाथिबाट बाहिरिदा मच्छिन्द्रले अग्रता लिने अवसर गुमायो ।
१८औँ मिनेटमा फ्रेन्ड्सका गोलरक्षकले क्लियर गर्न नसक्दा प्राप्त बलमा मच्छिन्द्रका छिरिङ गुरुङले गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरयो । २७औँ मिनेटमा मच्छिन्द्रका सुनीलले गरेको क्रसमा मच्छिन्द्रका कुनै पनि खेलाडी बलसम्म पुग्न सकेनन् ।
५३औँ मिनेटमा फ्रेन्ड्सका एन्थोनी पाउलले गरेको सट मच्छिन्द्रका गोलकिपर विशल श्रेष्ठले बिफल पारेका थिए । शनिबार दशरथ रंगशालामा हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले न्युरोड टिम (एआरटी) को सामना गर्दैछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस