भक्तपुर- भक्तपुर नगरपालिकामा नगरस्तरीय पछिमा बाजा प्रतियोगिता हुने भएको छ ।
सांस्कृतिक विधाको संरक्षण सम्र्बद्धन गर्नुका साथै नागरिकमा रहेको सीप उजागर गर्न भक्तपुर नगरपालिकाको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता शुक्रबार भक्तपुर दरवार क्षेत्र लायकुमा हुनेछ ।
प्रतियोगिता तयारीका लागि बुधबार नगरपालिकाले नगरस्तरीय पछिमा बाजा प्रतियोगिताका सहभागी टोलीको भेला गरेको छ । सोही कार्यक्रममा यसबारे जानकारी गराइएको हो ।
मेयर प्रजापतिले नगरपालिकाको आयोजना गर्दै आएको सांस्कृतिक प्रतियोगिताले भक्तपुरको मौलिक बाजागाजालाई संरक्षण गर्नुका साथै नयाँ पुस्तालाई यसतर्फ आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिए ।
प्रतियोगितामा प्रथम हुनेलाई प्रथम पुरस्कार नगद २० हजारका साथै पछिमा १ थान, सिछ्या १ थान, त १ थान, बाँसुरी ४ थान, द्वितीय पुरस्कार नगद १५ हजारका साथै पछिमा १ थान, सिछ्या १ थान, त १ थान, तृतीय पुरस्कार नगद १० हजारका साथै पछिमा १ थान, सिछ्या १ थान र सान्त्वना पुरस्कार नगद. ५ हजारका साथै पछिमा १ थान र प्रत्येक सहभागी टोलीलाई पछिमा बाजा १÷१ थान प्रदान गरिने बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस