काठमाडौं- स्टार खेलाडीहरू केलियन एम्बाप्पे, नेयमार र लियोनल मेस्सीको गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा लोरिएन्टबिरुद्द ५-१ अन्तरको सानदार जित निकालेको छ ।
फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले दुई गोलसँगै ह्याट्रिक असिस्ट दिएपछि घरेलु मैदानमा आइतबार राति पीएसजीले सहज जित पायो ।
खेलमा नेयमार र एमबाप्पेले दुई तथा मेस्सीले एक गोल गरे । लोरिएन्टका तेरेम मोफीले एक गोल फर्काए । १२औँ मिनेटमा नेयमारको गोलबाट पीएसजीले अग्रता बनायो । २८औं मिनेटमा एमबाप्पेले अग्रता दोब्बर पारे ।
५६औं मिनेटमा तेरेम मोफीले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए । ६७औं मिनेटमा एम्बाप्पेले ब्यक्तिगत दोस्रो गोल गरे । ७३औं मिनेटमा मेस्सीले एम्बाप्पेको पासमा ४-१ को अग्रता बनाए ।
९०औं मिनेटमा एमबाप्पेको ह्याट्रिक असिस्टमा नेयमारले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरे ।
जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको ३० खेलबाट ६८ अंक जोड्दै १२ अंकको स्पष्ट अग्रता लिएको छ । दोस्रो स्थानको मार्सेको ५६ अंक छ । पराजित लोरिएन्ट २८ अंक जोडेर १६औँ स्थानमा छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस